१६ चैत्र २०८० शुक्रबार
समाज

नक्कली नागरिकतासहित २ बंगलादेशी नागरिक पक्राउ

नक्कली नागरिकता बनाउने दुई बंगलादेशी नागरिकलाई मंगलबार प्रहरीले सार्वजनिक गदैं ।

इटहरी– सुनसरी प्रहरीले ६ जना  बंगलादेशी नागरिकलाई पक्राउ गरेको  छ। पक्राउ परेकामध्ये दुई जनालाई आज प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको  छ।

सार्वजनिक गरिएका दुई जनाको नक्कली नेपाली नागरिकता रहेको र अन्यको अनुसन्धान भइरहेको डिएसपी बिनोद घिमिरेले बताए । चार जनाको अनुसन्धान नटुगिएकाले गर्दा सार्वजनिक नगरिएको जानकारी दिइयो ।

प्रहरीले सार्वजनिक गरेकामा वंगलादेशको ट्याङग्याल स्थायी ठेगाना भएका हयात मियाँ भन्ने आसान मियाँले पश्चिम कुशहा वडा नं. ९ वस्ने इनुस भन्ने व्यक्तिलाई बाबु बनाएर निकालेको नागरिताको नक्कली प्रमाणपत्र भेटिएको छ । उनले बंशजको आधारको ३०४५।२५६६ नम्वरको नेपाली नागरिकताको नक्कलीे प्रमाण–पत्र लिएको भेटिएको हो ।  

यस्तै, वंगलादेशको पावना जिल्ला स्थायी ठेगाना भएका समशेर भन्ने सिजारोल मल्लिकले सुनसरी पश्चिम कुसाहा वडा नं. ४ का  सुलेमान मियाँलाई बाबु बनाएर नक्कली नागरिकता निकालेको भेटिएको छ । उनको नक्कली नागरिकताको नं. ३०४५।२८८४ उल्लेख गरिएको  छ।

दुवैले नागरिकता जिल्ला प्रशासन कार्यालय सुनसरी वाट जारी भएको पाएकाले गर्दा  किर्तेमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिइयो ।


            

प्रकाशित: २३ कार्तिक २०७३ १४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App