१६ चैत्र २०८० शुक्रबार
समाज

बोरामा पोको पारिएको अवस्थामा महिलाको शव भेटियो

भक्तपुर- भक्तपुरको बोडेमा शनिबार दिउँसो बोराभित्र महिलाको शव भेटिएको छ। मध्यपुर थिमी नगरपालिका २ बोडेमा पहिचान खुल्न नसकेको अवस्थामा बोराभित्र महिलाको शव भेटिएको महानगरीय प्रहरी बृत थिमी भक्तपुरका प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए।

 यसैगरी भक्तपुरको मध्यपुर थिमी नरेफाँटमा शनिबार एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्। विहान पौने सातमा भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका १६ नरेफाँट विपी नेतृ प्रतिष्ठान आँखा अस्पताल अगाडि भित्री सडकको किनारमा नामथर, वतन नखुलेको अन्दाजी ४० बर्षको पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । रातो निलो रंगको बुट्टे सर्ट, निलो जिन्स पाइन्ट, कालो वेल्ट, कपडामा माटो र हिलो लतपतेको, मंगोलियन जस्तो देखिने पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

कपाल अलिअलि फुलेको पुरुष व्यक्ति अचेत अवस्थामा लडी रहेको छ भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटी गई उपचारको लागी नागरिक सामुदायीक अस्पताल गठ्ठाघर भक्तपुरमा लगिएकोमा उपचारकै क्रममा विहान ७ बजेर ४० मिनेटको समयमा मृत्यु भएको घोषणा भएको परिसरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जनाए । महानगरीय प्रहरी वृत्त थिमी भक्तपुरबाट प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी लाश पोष्टमार्टमको लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगंज काठमाण्डौ पठाइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित: २० कार्तिक २०७३ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App