१५ चैत्र २०८० बिहीबार
समाज

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी (मोरङ)—मोरङको कोसीहरैचा– १२ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ७०८३ नं को बसले विपरीत दिशातर्फ जाँदै गरेको को ७ प ९८९ नं को मोटरसाइकललाई ठक्कर दिँदा चालक सुनसरी मधेस–५ का ३५ वर्षीय अर्जुन घिमिरेको मृत्यु भएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका घिमिरेको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ठक्कर दिने बसलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए। रासस

प्रकाशित: १५ कार्तिक २०७३ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App