७ वैशाख २०८१ शुक्रबार
समाज

लक्ष्मीपूजा गर्दा सल्केको आगोले चार घर जले

कपिलवस्तु—गतराति दिपावली गर्ने क्रममा आगलागी हुँदा कपिलवस्तु नगरपालिका–१० सिकोटवामा चार घर जलेर नष्ट भएका छन्।

लक्ष्मी पूजा गरेर घरमा दिपावली गर्दा दियोबाट आगो सल्केको हो। आगलागीका कारण स्थानीयवासी शिब्बड रैदास, रामविलाश रैदास, राजु रैदास र भिख्खु रैदासको घर पूर्णरुपमा ध्वस्त भएको हो।

आगलागीका कारण आफूहरुले दिपावलीका बेला खुला आकासमुनि कष्टकर दिन बिताउनु परेको पीडित शिब्बड रैदासले बताए।

आगलागीबाट चार थान सिलाइ मेसिन, दुई थान इन्टरलक मेसिन, रु सात हजार नगद र घरमा रहेका सबै लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी पीडितलाई आज कपिलवस्तु नगरपालिकाको सहयोगमा त्रिपाल, खाना पकाउने भाँडा, एक हप्तालाई पुग्ने राशनलगायतका सामग्री प्रदान गरिएको नगरपालिका कर्मचारी जीवनाथ पाण्डेले जानकारी दिए। रासस

 

प्रकाशित: १५ कार्तिक २०७३ ११:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App