२९ असार २०७७ सोमबार
समाज

स्क्रब टाइफसबाट फेरि १ काे मृत्यु, मर्नेकाे संख्या ५ पुग्याे

चितवन– स्क्रब टाइफस रोगबाट बिहीबार चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु भएको छ ।

कलेजका चिकित्सक डा. शीतल अधिकारीका अनुसार पश्चिम चितवनकी ५१ वर्षीया एक महिलाको उपचारको क्रममा मृत्यु भएको हो । बाह्र दिनअघिदेखि बिरामी परेकी ती महिला तीन दिनअघि मात्रै उपचारका लागि अस्पताल आएकी थिइन्।

शरीरका महत्वपूर्ण अङ्गहरू काम गर्न नसक्ने अवस्थामा पुगेपछि अस्पताल भर्ना भएकी उनलाई बचाउन नसकिएको डा. अधिकारीले बताए।

यसअघि सोही कलेजमा स्क्रब टाइफस रोगबाट दुई बालिका र दुई महिलाको मृत्यु भएको थियो।

योसँगै चितवनमा स्क्रब टाइफस रोगबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।

यसअघि रत्ननगर र कालिका नगरपालिका एवम् भरतपुर उपमहानगरपालिकाको मङ्गलपुरका एक÷एकजनाको सोही मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यसैगरी तनहुँ रुपाकोटकी एक महिलाको पनि उपचारको क्रममा सोही मेडिकल कलेजमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

असोज मसान्तसम्ममा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका एक हजार ४२ जनामध्ये ३०७ जनामा स्क्रब टाइफस रोग पत्ता लागेको छ । मुसामा हुने एक प्रकारको (माइट) सुक्ष्म किराको टोकाइबाट यो रोग लाग्ने गर्दछ । रासस

प्रकाशित: ११ कार्तिक २०७३ २०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App