७ वैशाख २०८१ शुक्रबार
समाज

१ लाख रुपैयाँसहित १० जुवाडे पक्राउ

कोहलपुर– लुकीछुपी जुवा खेल्दै गरेको अवस्थामा कोहलपुर प्रहरीले बुधबार दश जुवाडेलाई पक्राउ गरेको छ। नौबस्ता ९ डिकियाबाट जुवाडेसहित रकमसमेत प्रहरीले बरामद गरेको छ। प्रहरीका अनुसार १० जुवाडेबाट १ लाख बराबर रकम नियन्त्रणमा लिएको छ ।

जुवा खालबाट भने ११ हजार मात्र बरामद भएको प्रहरीले जनायो । जुवा खेलमा जम्मा भएका व्यक्तिकोे सहति एक लाख बरामद भएको प्रहरीले जानकारी दिएको छ। कोहलपुर नगरभित्र प्रहरीले जुवातास खेल्न माथि कारवाही गर्न थालेपछि नगरबाहिर कोहलपुर, चिसापानी क्षेत्रमा जुवातास संचालन हुने गरेको छ ।

प्रकाशित: १० कार्तिक २०७३ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App