coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पक्राउ पृथ्वीनारायण बोखिमको सम्वन्ध हाराहाङ सशस्त्र सूमुहसँग पनि

ताप्लेजुङ- नेपाल प्रहरीको बिशेष व्युरोद्वारा सोमवार पक्राउ परेका मंगोल मुलवासी राष्ट्रिय फोर्सका एक सदस्य पूर्वी नेपालमा सशस्त्र गतिविधी सञ्चालन गर्दै आएको ‘हाराहाङ’ समूहका ४ फरार अभियुक्त मध्ये सबैभन्दा उच्च तहका कार्यकर्ता रहेको खुलेको छ।

हातहतियार, खरखजना,डकैती,बम काण्ड सहित ११ वटा अभियोगमा प्रहरीको सर्वाधिक खोजी सूचिमा रहेका हाराहाङ भनिने देउबहादुर लावुङको समूहका चार फरार अभियुक्त मध्ये पक्राउ परेका ७१ बर्षिय पृथ्वीनारायण बोखिम यो समूहका मुख्य सल्लाहकार थिए। प्रहरी स्रोतका अनुसार पृथ्वी नारायणले हाराहाङ समूहको लडाकु दस्तामा रहेर सशस्त्र गतिविधीमा सहभागिता जनाएका थिए। २०७२ सालको असोज दोस्रो साताबाट‘हाराहाङ’समूह बिरुद्ध प्रहरीले चलाएको कारवाहीका क्रममा ईखावुको खुपातालमा भएको मुडभेडमा समेत प्रहरी आक्रमण बिरुद्ध उनको संग्लनता रहेको प्रहरी बुझाई छ।

२०७२ साल असोज २९ गते गस्तीमा रहेको  प्रहरी टोली माथि हतियार सहित आक्रमणको प्रयास गरेको भन्दै हाराहाङ सहित पृथ्वीनारायण बिरुद्ध असोज ३० गते प्रहरीले हात हतियार तथा खरखजनाको मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएदेखि उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। हाराहाङ समूहले किराँत मुलवासी पार्टीको सैन्यदस्ताको रुपमा किराँत मुलवासी राष्ट्रिय फोर्स गठन गरी २०७० साल माघ महिनाबाट सशस्त्र गतिबिधि सञ्चालन गर्दै आईरहेको प्रहरीले जनाएको छ। हातहतियार तथा खरखजनाको मुद्दामा पक्राउ परी २०७१ साल मंसिर १६ गते प्रहरीबाट छुटेका हाराहाङ माथि २०७१ साल कातिक १६ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको दुई नं गेटमा बम बिस्फोट गराएको आरोप रहेको छ । पृथ्वीनारायण सहितको सहयोगमा हाराहाङ समूहले यो घटना गराएको भन्दै प्रहरीले उनी माथि निगरानी बढाएको थियो । उनी माथि खुपातालमा भएको आक्रमणलाई प्रहरीले मुख्य अभियोगको रुपमा लिएको छ।

२०७२ साल असोज २९ गते गस्तीमा रहेको  प्रहरी टोली माथि हतियार सहित आक्रमणको प्रयास गरेको भन्दै हाराहाङ सहित पृथ्वीनारायण बिरुद्ध असोज ३० गते प्रहरीले हात हतियार तथा खरखजनाको मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएदेखि उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

हाराहाङ समूहको भूमिगत पार्टीको नामसंग सोमवार पक्राउ गरिएका सशस्त्र गतिविधी गर्ने समूहको नाम मिल्दोजुल्दो रहेको छ। मंगोल मुलवासी राष्ट्रिय फोर्स र किराँत मुलवासी राष्ट्रिय फोर्सको नाम उस्तै–उस्तै रहँदा हाराहाङ समूहका फरार अभियुक्त मंगोल मुलवासी राष्ट्रिय फोर्सका १३ कार्यकर्तासंगै एकसाथ पक्राउ परेका छन्। पछिल्लो घटनाले मंगोल मुलवासी राष्ट्रिय फोर्स र किराँत मुलवासी राष्ट्रिय फोर्स दुई बेग्लै संगठन हुन् वा एउटै संगठनको नाम समय अनुसार परिवर्तन हुदै गएको हो भन्ने बारे प्रहरी बृतमा बहस चलाएको छ।

यहाँको ईखावु गाविसको माथिल्लो लेकाली क्षेत्रलाई आधार बनाएर सशस्त्र गतिविधी गर्दै आएको सूचनाका आधारमा प्रहरीले‘सुरक्षा क्याम्प’नै खडा गरी कारवाही थालेयता हाराहाङ समूहको गतिविधी बिगत ७ महिना यता भने ठप्प रहेको प्रहरीले बताएको छ। प्रहरीले यो समूहलाई ‘आतंककारी’ दस्ता घोषणा गरेपनि हाराहाङ समुहले भने आफुलाई राजनीतिक संगठन भएको दावी गर्दै आएको थियो । कुनै बेला यहाँका पञ्च नेता रहेका पृथ्वीनारायण राष्ट्रिय प्रजातन्त्र पार्टी बिभाजन भई गठित राष्ट्रि जनशक्ति पाटीको जिल्ला संयोजक समेत रहेका थिए। उनी सेवा निवृत सिङगापुरे सैनिक हुन्। 

प्रकाशित: ९ कार्तिक २०७३ ११:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App