१६ चैत्र २०८० शुक्रबार
समाज

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा न्यौपाने

काठमाडौं–स्वास्थ्य विट लिएर रिर्पोटिङ गर्ने पत्रकारको संस्था ‘स्वास्थ्य पत्रकार मञ्च’ नेपालको पहिलो राष्ट्रिय अधिवेशनबाट स्वास्थ्य खवर पत्रिकाका अनिल न्यौपानेको  अध्यक्षमा  ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ।

मञ्चको उपाध्यक्षमा एभिन्युज टेलिभिजनकी कल्पना आचार्य र महासचिवमा द काठमाडौं पोष्टका मनिष गौतम, सचिवमा गोरखापत्र दैनिकका सरोज ढुंगेल र कोषाध्यक्षमा नेपाली हेल्थ डटकमका रामप्रसाद न्यौपाने निर्वाचित भएका छन।

यसैगरी सदस्यमा नेपाल समाचारपत्र दैनिककी भगवती तिमिल्सिना, नयाँ पत्रिका दैनिकका  भिषा काफ्ले, अन्नपुर्ण पोष्टकी दीपा दाहाल , नागरिक दैनिकका प्रवीण ढकाल, हाम्रो डक्टर डटकमका उद्धवराज भेटवाल  र कारोबार दैनिककी जुनु भट्टराईलाई निर्वाचित गरेको छ। यसैगरी मञ्चको पूर्ण सदस्यमा कान्तिपुर दैनिकका कृष्ण ज्ञवाली , राससकी कल्पना पौडेल , स्वास्थ्य खवरका  डिबी खड्का, हाम्रो डक्टरका वासुदेव न्यौपाने निर्वाचित भएकी हुन्।

नयाँ कार्यसमितिले ६ महिनाभित्र स्वास्थ्य पत्रकारहरुको राष्ट्रिय भेला गरी स्वास्थ्य पत्रकारिता संवेदनशील विषय भएकाले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित: ६ कार्तिक २०७३ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App