८ वैशाख २०८१ शनिबार
समाज

नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख अमेरिका प्रस्थान

काठमाडौं–   संयुक्त राज्य अमेरिकाको सानडियागो क्यालिफोर्नियामा संचालन हुने अन्तर्राष्ट्रिय प्रहरी प्रमुख संघको १२३ औं वार्षिक सम्मेलनमा सहभागी हुन प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्याल बिहीबार अमेरिका प्रस्थान गरेका छन्। सम्मेलनमा विश्वभरिका प्रहरी संगठन प्रमुखहरुको सहभागिता रहने छ।

सम्मेलनमा विश्वभरिका प्रहरी संगठनहरुले सामना गर्नु परेका समस्या तथा चुनौती एवं तिनलाई सामना गर्न अपनाउनुपर्ने रणनीतिलगायत प्रहरी र नागरिक समुदायबीचको सम्बन्ध, प्रविधिको प्रयोगसँगै देखिएका आपराधिक क्रियाकलाप, सम्बन्धमा सहभागी राष्ट्रहरुबीच छलफल तथा कार्यपत्र प्रस्तुत हुने बताइएको छ।

सम्मेलनमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईसमेत अमेरिका प्रस्थान गरेका छन्। सम्मेलनमा नेपाल प्रहरीका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुरेन्द्रबहादुर शाह र केदारप्रकाश साउदको सहभागिता रहेको छ।
 

प्रकाशित: २८ आश्विन २०७३ ००:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App