८ वैशाख २०८१ शनिबार
समाज

पेट्रोल पम्पमा आगलागी

धनगढी- कैलालीको अत्तरिया नगरपालिकास्थित अम्बर आयल स्टोरमा आज बिहान आगलागी भएको छ ।  बा६७प५०२३ नंको मोटरसाइकलमा पेट्रोल भर्दै गर्दा अचानक लागेको आगो पम्पमा समेत सल्किएको थियो । पेट्रोल पम्प स्थानीय व्यापारी जयप्रकाश मोहपालको रहेको बुझिएको छ । बिहान ७ः३० बजे भएको आगलागीबाट मोटरसाइकलका साथै पेट्रोल पम्प जलेर क्षतिग्रस्त भएकोे इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

जलेको मोटरसाइकल सोही ठाउँका टेक कुँवरको रहेको बताइएको छ । आगलागीबाट पुगेको क्षतिको यकिन विवरण आउन बाँकी छ । प्रहरी र धनगढी उपमहानगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको छ । रासस

प्रकाशित: २२ आश्विन २०७३ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App