१६ चैत्र २०८० शुक्रबार
समाज

सेनाको निशुल्क बस सञ्चालन

काठमाडौं- नेपाली सेनाले बडादसैँका उपलक्ष्यमा सैनिक तथा तिनका आश्रित परिवारलाई सुविधा प्रदान गर्न काठमाडौँ उपत्यकाबाट देशका ११ स्थानसम्म जान र आउन निःशुल्क बस सेवा सुरु गरेको छ। 

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार आजदेखि सुरु भएको सो सेवाअन्तर्गत काठमाडौँदेखि इटहरी, हेटौँडा, दोलखा, रामेछाप, चौतारा, त्रिशुली, धादिङ, बुटवल, पोखरा, धनगढी र नारायणगढसम्म बस सेवा सञ्चालन भएको छ। सो सेवा प्रतिसैनिक चार जनाले लिन पाउने व्यवस्था मिलाइएको निर्देशनालयद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ। 

यसैगरी सेनाले महानवमीदेखि एकादशी (असोज २४ देखि २६ गते) सम्म तीन दिन काठमाडौं उपत्यकाभित्र गैरसैनिक सर्वसाधारणको आवागमनमा सुविधा पुर्याउन छुट्टाछुट्टै मार्गमा बस सञ्चालन गर्ने जनाएको छ। 

ती बस प्रत्येक दिन बिहान ६ देखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि भद्रकालीबाट सञ्चालन हुने प्रबन्ध मिलाइएको र मार्गसम्बन्धी विवरण पछि जानकारी गराइने निर्देशनालयकोे विज्ञप्तिमा उल्लेख छ। रासस 

प्रकाशित: १८ आश्विन २०७३ ०७:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App