१६ चैत्र २०८० शुक्रबार
समाज

सवारी दुर्घटनामा दम्पतीको मृत्यु

इनरुवा– पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको मधेसा– ४ घोपालीटोलमा अाइतबार सवारी दुर्घटनामा परी एक दम्पतीसहित ३ जनाकाे मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरी लोहजारा– ८ बस्ने मोहमद अलि हुसैन र उनकी श्रीमती नुरजहाँ खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स ३ प ११८७ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स १ ज ३३८ नंको भ्यान एकापसमा ठाेक्किँदा उनीहरूकाे मृत्यु भएको हो।

हुसैनको घटनास्थलमै र खातुनको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। रासस

प्रकाशित: १६ आश्विन २०७३ ०९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App