७ वैशाख २०८१ शुक्रबार
समाज

रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार नागरिककर्मी तिवारीलाई

रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका पूर्वेली संस्करणका स्थानीय सम्पादक अजित तिवारीलाइ सम्मान गर्दै शहरी विकासमन्त्री अर्जुननरसिंह केसी।

विराटनगर– रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका पूर्वेली संस्करणका स्थानीय सम्पादक अजित तिवारी पुरस्कृत भएका छन्। बिहीबार विराटनगरमा आयोजना गरिएको कार्यक्रममा सहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले पत्रकार तिवारीलाई पुरस्कृत गरेका हुन्।

पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ र दोसल्ला ओढाएर तिवारीलाई मन्त्री केसीले पुरस्कृत गरे। नेपाल प्रेस यूनियन मोरङले स्थापना गरेको सो पुरस्कार पहिलो पटक पत्रकार तिवारीलाई प्रदान गरिएको छ । प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रमाप्रसाद र उनको श्रीमती मायादेवीको नाममा सो पुरस्कार स्थापना गरिएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री केसीले संविधानमा छुटेको विषयलाई समेट्न सरकार सर्वपक्षीय छलफलमा जुटेको बताएका छन्। मन्त्री केसीले संविधानप्रतिको असन्तुष्टिलाई सम्वोधन गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहटको माग पुरा गर्न सवै दलहरुसँग सरकारले निरन्तर छलफल गरिरहेको बताए । ‘एउटै घरका कोइ व्यक्ति असन्तुष्ट छन् भने त्यसलाई सन्तुष्ट गर्नुपर्छ,’ उनले भने, ‘घरकै व्यक्ति रिसाए भने त्यो घर बलियो हुन सक्दैन।’

मन्त्री केसीले संविधानलाई सर्वस्वीकार्य बनाउन दसैं अगावै संविधान संशोधन प्रकृया अगाडि बढाइने प्रष्ट पारे।    उनले तराई–मधेसलाई दुखी बनाएर सिंगो नेपाल खुशी नहुने भएकोले सवैको भावना समेटेर संविधान कार्यान्वयन गर्न सरकार निरन्तर लागेको बताए।

मन्त्री केसीले २०७४ माघ सम्ममा तीनै तहको निर्वाचन नगराए संविधान संकटमा पर्ने भएकाले निर्वाचन आवश्यक भएको बताए । मुख्य तीनदलले नै संविधान जारी गरेकाले यसको कार्यान्वयनका लागि पनि दलहरुबीचको एकता जरुरी रहेको उनको भनाइ  छ।

पत्रकारहरु राष्ट्रका सम्वाहक भएकाले आफ्नो दायित्व र जिम्मेवारीलाई बुझेर कलम चलाउनुपर्ने उनले बताए । पत्रकारिताको सीमालाई नाघेर समाचार सम्प्रेषण गर्दा मुलुकका लागि नै हितकर नहुने भन्दै उनले सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

 

प्रकाशित: १३ आश्विन २०७३ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App