७ वैशाख २०८१ शुक्रबार
समाज

हलेसी एफएमकाे उपकरण तोडफोड

खोटाङ– नचिनिएका व्यक्तिले खोटाङको सामुदायिक रेडियो हलेसी एफएमको मुढेस्थित मूख्य टावरको जेनेरेटर तोडफोड गरेको छ। सदरमुकाम दिक्तेलबाट डेढघण्टा माथि रहेको मुढेडाँडामा रहेको भवनमा राखिएको दुई वटा जेनेरेटर तोडफोड हुँदा १ लाख २५ हजार बराबरको क्षती भएको एफएमका स्टेशन मेनेजर उत्तम चौंलागाईले बताए। टावरका प्राबिधिक डिबी तामाङ पेट्रोल लिन दिक्तेलबजार झरेको मौकामा मंगलबार दिउँसो भवनको झ्याल फोडेर एफएमको जेनेरेटर तोडफोड भएको हो। तोडफोडबाट एफएमको दुबै जेनेरेटरको मोटर, फिल्टर, तेलको ट्यांकी, तारलगायत उपकरणमा क्षती पुगेको प्रहरीले जनाएको छ। एफएमको उपकरण तोडफोडको बिषयमा सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न माग गर्दै प्रशासन र प्रहरी समक्ष जाहेरी दिइएको एफएमले छ। घटनापछि प्रहरीको टोली बुधबार बिहान सर्जमिन मुचुल्का तयार पार्न मुढेस्थित एफएमको टावर पुगेको थियो।

बिहान १० बजेसम्मको प्रशारण पूरा गरेर दिउँसो ४ बजे पुःन प्रशारण सुरु गर्न खोज्दा एफएमको उपकरण तोडफोड भएको थाहा भएको हो। तोडफोडको कारण र संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन। मुढेमा रहेको एफएमको दुई वटा घरमध्ये एउटा घरमा राखिएको ट्रान्समिटर, रिपिटर टावरको ईन्कोडरलगायतका सामग्री भने सुरक्षित छन्। एफएमले रिपिटर लिंकमार्फत दिक्तेलबजारबाटै दैनिक बिहान ५ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि १० बजेसम्म नियमित प्रशारण गर्दै आएको छ।

यसैबीच, हलेसी एफएमको उपकरण तोडफोड भएको घट्नाप्रति नेपाल पत्रकार महासंघ शाखा खोटाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका अध्यक्ष दमन राईले बुधबार बिज्ञाप्ती जारी गर्दै दोषी पत्ता लगाएर कारबाही गर्न प्रशासन समक्ष आग्रह गरेको छ।

 

प्रकाशित: १२ आश्विन २०७३ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App