८ वैशाख २०८१ शनिबार
समाज

बाढीले बगाएर ल्याएको बेवारिसे शव फेला

उदयपुर– वर्षापछि आएको त्रियुगा खोलाको बाढीले महिलाको एक बेवारिसे शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ। त्रियुगा नगरपालिका १२ चिसापानीस्थित त्रियुगा खोलाले शुक्रबार मध्यान्ह १२ः३० बजेको समयमा अन्दाजी ४०/४५ वर्षीया बेवारिसे महिलाको शव बगाएर ल्याएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

बाढीले बगाएर ल्याएको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जलजलेबाट गएको टोलीले शव नियन्त्रणमा लिएर सदरमुकाम गाईघाट ल्याएको छ। शव पोष्टमार्टमका लागि अस्पतालमा राखेर आफन्तको खोजी गरिरहेको प्रहरी प्रवक्ता डिएसपी ओमबहादुर रानामगरले बताएका छन्।

स्थानीयका अनुसार शव चार÷पाँच दिनअघिको जस्तो देखिएको र अनुहार नचिनिने अवस्थाको छ। केही दिनयता जिल्लाको पहाडी भेगमा निरन्तर वर्षा भईरहेका कारण बाढी पहिरोले जनजीवन प्रभावित पारेको छ। वर्षाका कारण जमीन कटानका साथै सडक भत्काएर यातायात आवागमन अवरोध पु¥याएको छ।

प्रकाशित: ७ आश्विन २०७३ १२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App