coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जुम्ला जिप दुर्घटना, २ को मृत्यु ६ घाइते

जुम्ला– कालिकोट जिल्लाको सीमाना नजिकै रहेको जुम्लाको नग्मा बजारदेखि मुगु जिल्लाको गम्गडी जाँदै गरेको को १ च ३०९९ नम्बरको पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ। अन्य ६ जना घाइते छन्। घाइते मध्ये २ को अवस्था गम्भीर रहेको बताइएको छ।

मृत्यु हुनेहरुमा पाण्डब गुफा–८ का दलसिंह भण्डारी र पाण्डव गुफा–९ का तिलक काफ्ले रहेका छन्।
जुम्लाको जिल्लाको कन्का सुन्दरी–६ हाटसिंजा भन्ने स्थानमा उक्त जिप दुर्घटनामा परेको हो।

घटनामा मृत्यु हुनेहरुको परिचय खुल्न सकेको छैन। घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार टेलिफोनको नेटवर्क राम्रो नभएकोले घटनाबारे विस्तृत जानकारी नआएको र हाल प्रहरी घटनास्थलमा पुगिसकेको छ।

प्रकाशित: ७ आश्विन २०७३ १२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App