८ वैशाख २०८१ शनिबार
समाज

चट्याङले उदयपुरमा दुर्इ, पर्वतमा एकको मृत्यु

गाईघाट(उदयपुर)– जिल्लाको पूर्वी क्षेत्रको सिद्धिपुर गाविस– २ मा आज चट्याङले दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५५ वर्षीय चक्रबहादुर मगर र ५० वर्षीय जगतबहादुर मगर रहेका छन् । उनीहरुको उपचारको क्रममा लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ओम रानाले जानकारी दिए।

बिहान सुतिरहेका अवस्थामा घर नजिकैको विद्युत्को पोलमा चट्याङ पर्दा दुवैजना घाइते भएका थिए।

त्यस्तै, चट्याङ लागेर बुधबार पर्वतमा एक जनाको मृत्यु भएको छ। बनौ गाबिस–१ चित्रे बस्ने ५५ वर्षीय निलप्रसाद फगामीको मंगलबार आफ्नै घरमा बसिरहेको अबस्थामा चट्याङले लागेर घटनास्थालमै मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्ष नक्साले जनाएको छ।  

 

प्रकाशित: ५ आश्विन २०७३ ११:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App