७ वैशाख २०८१ शुक्रबार
समाज

संविधान दिवसका अवसरमा छ जना कैदीवन्दी जेल मुक्त

महेन्द्रनगर– लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको एक वर्ष पूरा भएको अवसरमा कञ्चनपुर कारागारका छ जना कैदिवन्दीलाई जेलमुक्त गरिएको गरिएको छ।

रिहा हुनेमा विभिन्न अपराधका मुद्दामा कैद सजाय भोगिरहेका छन्। ६० प्रतिशत कैद जीवन बिताएका उनीहरुलाई असल आचरण र व्यवहारका आधारमा  जिल्ला कारागारबाट सिफारिस भएपछि संविधान दिवसको अवसरपारी मंगलबार बिहान कैद सजाय तोकेको मिति अगावै मुक्त गरिएको हो।

कर्तव्य ज्यान, बहुविवाह, सवारी ज्यान र गर्भपतन मुद्दाका छ जना रिहा भएको कारागारका जेलर श्यामराज भट्टले बताए। सभ्य जीवनयापनको शुभकामना दिँदै टीका लगाएर उनीहरुको बिदाइ गरिएको छ। जिल्ला कारागारबाट आठ जनाको नाम विभागमा सिफारिस गरिएको थियो। कैद मिनाहा गरिएकाहरुको नाम संविधान दिवसको दिन अबेर साँझ आएको हुँदा उनीहरुलाई मंगलबार मात्रै रिहा गरिएको हो।

प्रकाशित: ४ आश्विन २०७३ १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App