coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटनामा परी एकजनाको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका– ९ पलासेमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बनेपाबाट भक्तपुरतर्फ आउँदै गरेको लु ८८ प ६२०८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्रदेश २–००१ च ०४११ नम्बरको योद्धा गाडीले सोही दिशातर्फ जाँदै गरेको बा २ ख ६६६९ नम्बरको बसलाई ओभरट्याक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बनेपा नगरपालिका ७ बस्ने वर्ष १९ को आयुष न्यौपानेको मृत्यु भएको हो।  

दुर्घटनापछि घाइते भई उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगिएकोमा उनको मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ। तीनवटै सवारी साधन र त्यसका चालक वृत्त जगातीको नियन्त्रणमा रहेको जनाइएको छ। योद्धा गाडी चालक सिरहा गोलबजार– ६ बस्ने वर्ष २५ को देवकुमार साह, बसचालक काभ्रे नबोबुद्ध नगरपालिका– २ बस्ने वर्ष ३० को विकास तामाङ रहेको जनाइएको छ। उक्त स्थानमा वृत्त जगातीबाट प्रहरी निरीक्षक सुन्दर चौंलागाईको टोली खटिएको थियो। उक्त स्थान वृत्त जगातीबाट पाँच किमि पूर्वमा पर्दछ।

प्रकाशित: २५ माघ २०७९ ०१:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App