२३ असार २०७७ मंगलबार
समाज

गोरु काटेको अभियोगमा ४ जना पक्राउ

बाँके– गोरु काटेको अभियोगमा प्रहरीले ४ जनालाई बिहीबार पक्राउ गरेको छ।

लक्ष्मणपुर–३ र ४ मा पर्ने रोसनपुर्बा गाउँस्थित पूर्व दशगजा नजिकै गोरु काटिरहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी लक्ष्मणपुरबाट गएको प्रहरी टोलीले लक्ष्मणपुर–३ बस्ने ३० वर्षीय मुलादी भन्ने हगन्न खाँलगायत ४ जनालाई पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ।

उनीहरुको साथबाट मासु काट्ने गरासी १ थान, चक्कु १ थान, गोरुको टाउको, छाला र खुट्टासमेत बरामद गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३० भाद्र २०७३ १८:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App