८ वैशाख २०८१ शनिबार
समाज

होलीमा हत्या गर्ने तीन जना पक्राउ

काठमाडौं— धारिलो हतियार प्रहार गरी ज्यान मारी फरार रहेका काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ३१ बर्षीय श्रीवीर लामा, ३१ बर्षीय सोनु भन्ने देवराज लामा र ४० बर्षीय खेप्पा भन्ने राकेश लामालाई प्रहरीले भाद्र २४ गते पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौँ महानगरपालिका–७ कुमारीगाल बस्ने २४ बर्षीय रोशन कुमार आले मगरलाई २०६० फागुन २३ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा बौद्ध एरियाबाट पक्राउ गरेको हो ।

२०६० सालको दशैंको नौरथामा कुमारीगालका स्थानीय युवाहरूसँग झगडा हुने क्रममा श्रीवीर लामाको टाउकोमा चोट लागी घाइते भएकोमा मृतक रोशन कुमार आले मगर सोही स्थानमा बसोबास गर्ने भएकाले झगडामा संलग्न दुबै पक्षलाई छुट्टाई दिएका थिए। श्रीवीर लामा समेतका व्यक्तिहरूले प्रतिशोध स्वरूप योजना बनाई फागुन २३ गते होलिको दिन १०/१५ जना व्यक्तिहरूको समूहमा भेला जम्मा भई होलि खेल्ने निहुँ पारी पूर्व रिसईबी समेत राखि मगरलाई धारिलो हतियार प्रहार गरी सख्त घाइते बनाएकोमा निजको उपचारको क्रममा मृत्यु भएको थियो। उक्त घटनामा स्थानीय अन्य ५ जना युवाहरू समेत घाइते भएका थिए।

पक्राउ परेका ब्यक्तिहरूलाई भाद्र २६ गते काठमाडौँ जिल्ला अदालतमा प्रस्तुत गरी कर्तब्य ज्यान मुद्दामा अनुसन्धान गर्न अनुमति लिई अनुसन्धान कार्य भइरहेको छ।

प्रकाशित: २९ भाद्र २०७३ १२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App