८ वैशाख २०८१ शनिबार
समाज

पहिलो सेल्फी खिच्ने अन्तरिक्ष यात्री नेपालमा (भिडियो)

अमेरिकी अन्तरिक्षयात्री बज एल्ड्रिन। तस्बिरः प्रबिन कोइराला

काठमाडौं–‘अन्तरिक्षमा पहिलो सेल्फी मेरो हो,’ अमेरिकी अन्तरिक्षयात्री बज एल्ड्रिनले सुनाए, ‘मेरो पहिलो अन्तरिक्ष अभियानको क्रममा पृथ्वीलाई पृष्ठभूमिमा मैले पहिलो सेल्फी क्लिक गरेको थिएँ । त्यसपछि नै अरुले सेल्फी लिन थालेका हुन् ।’

नेपाल भ्रमणमा रहेका एल्ड्रिनले एभरेस्ट साइन्स सेन्टरले प्रज्ञा प्रतिष्ठानको सभाहलमा बिहीबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दा पूरै हल तालीले गुन्जिएको थियो ।

जिमिनी–१२ यानबाट पृथ्वीलाई फन्को मार्ने क्रममा ५० वर्षअघि नै एल्ड्रिनले सेल्फी खिचेका थिए । सो यानले प्रतिघन्टा १७ हजार माइल यात्रा गरेको थियो ।

तर एल्ड्रिनको अन्तरिक्षको पहिलो सेल्फीभन्दा ठूलो उपलब्धि तीन वर्षपछि प्राप्त गरे ।

सशुल्क आयोजित उक्त कार्यक्रममा एल्ड्रिनले व्यक्तिगत जीवन, अध्ययन, लडेको युद्ध र अन्तरिक्ष यात्राबारे ४० मिनेट बोलेका थिए । सम्बोधनमा उनले अन्तरिक्ष अभियानका भविष्यबारे समेत चर्चा गरे ।

एलोपो–११ मिसनका तीन अन्तरिक्ष यात्रीमध्येका एक एल्ड्रिनपछि निल आर्मस्ट्रङपछि चन्द्रमा पाइला टेके । सन् १९६९ जुलाई १९ का दिन आर्मस्ट्रङपछि एलोपो यानबाट एल्ड्रिन चन्द्रमा उत्रिएका थिए ।

‘मेरो आमाको जन्म राइट दाजुभाइले हवाइजहाज उडाएकै वर्ष भएको थियो । मेरो भाग्यमा यान चढेर चन्द्रमा घुम्ने लेखिएको थियो होला,’ उनले भने, ‘चन्द्रमाको त्यो धुलाम्मे सतहमा पाइला टेकेपछि क्षितिजतर्फ हेर्दा अद्भूत दृष्टि लाग्यो ।’

ग्राजुएसनपछिको एयरफोर्समा पाइलटका रुपमा अन्तरिक्ष यात्रामा गएका एल्ड्रिन त्यसको श्रेय आफ्नो पारिवारिक पृष्ठभूमिलाई दिन्छन् । ‘मेरो उड्डयनसँगै जोडिएको पिताको पदचिह्न पछ्याउँदै,’ उनले भने, ‘दुई वर्षको उमेर हुँदा म पहिलोपटक विमान चढेको थिएँ रे, बुबा नागरिक उड्डयनतर्फका फ्युल म्यानेजर हुनुहुन्थ्यो ।’

उनी कोरियाली युद्धका ६६ वटा मिसनमा सहभागी भएको अनुभव पनि बाँडे ।

‘मैले चलाउने एफ १५ विमानले त्यस समय शत्रु पक्षसँग रहेको र त्यस समयको एक नम्बरको दुइटा युद्धक विमान मिग १५ खसालेको थियो,’ उनले भने, ‘कोरियाली युद्धपछि जर्मनीको एयरफोर्स एकेडेमी भर्ना भएँ ।’

‘नेपाल आएपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेँ,’ उनले भने, ‘हिजो मात्र चितवनमा हात्ती चढेँ । सोचेँ, यत्रो हात्तीलाई अन्तरिक्ष यानमा राखेर पठाउन सकिँदैन होला !’

कोरियाली प्रायद्वीपका त्यो युद्धमा उत्तर कोरियाका तर्फबाट रुस, चीन र दक्षिण कोरियाका तर्फबाट अमेरिकाले युद्ध लडेका थिए ।

पछि, हंगेरीको संकटमा त्यहाँको सीमा गस्ती गरे उनले । सन् १९५७ मा हंगेरीको विद्रोह दबाउन सोभियत संघले आक्रमण गरेको थियो ।

‘सोभियत संघले आक्रमण गरिहाल्छ कि भनेर विमानको दुवै पखेटामा परमाणु बम लिएर उड्ने गथ्र्यौं,’ उनले भने, ‘शीतयुद्ध चर्किंदै जाँदा सन् १९५७ मा सोभियत संघले स्पुतनिक अन्तरिक्ष यात्रामा पठायो ।’

त्यस समय एक धुरीको नेतृत्व गर्दै आएको अमेरिकाले सोभियत संघलाई अन्तरिक्ष प्रतिस्पर्धामा जित्न नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिसट्रेसन (नासा) स्थापना गर्यो ।

‘उड्डयनकै क्षेत्रमा विभिन्न काम गरेपछि समय–समयमा उनका पिताले रुपमा नासाको मानवसहितको अन्तरिक्ष अभियान सुरक्षाबारे सल्लाह दिनुहुन्थ्यो,’ उनले भने । तर उनले पहिलोपटक अन्तरिक्ष यात्राका लागि दिएको निवेदन भने अस्वीकृत भएको थियो ।

‘पहिलोपटक अन्तरिक्ष यात्रामा निवेदन दिँदा म असफल भएको थिएँ, दोस्रोपटक मात्र सफल भएँ,’ उनले भने । त्यस समय उनीसहित १३ जना अन्तरिक्ष यात्री सफल भएका थिए ।

‘सही ठाउँमा सही समयमा पुग्न सकियो भने भविष्य तपार्इंकै हुनेछ,’ पहिलो वायु सेना र त्यसपछि एपोलो कार्यक्रममा काम गर्ने मौका पाएका उनले सुनाए, ‘पहिले आफ्नो देशको सेवा गर्न पाएकोमा गौरवान्वित छु । ।’

मानिसले मिलेर काम गर्ने हो भने असम्भव लाग्ने कुरा पनि पूरा हुने बताए ।

‘यो ४ लाख मानिसको समान उद्देश्य प्राप्तिका लागि काम गरेको परिणाम थियो । इन्जिनियरदेखि रकेट वैज्ञानिक, कार्यक्रम अधिकृत, प्राविधिक सबैले एकै उद्देश्यले काम गरेका थियौं,’ उनले सुनाए । सबैको समान उद्देश्य नभएको भए चन्द्रमामा पुग्ने एपोलो अभियानै सफल नहुने उनको अनुभूति छ । ‘त्यसैलाई ध्यानमा दिँदै २१ औं शताब्दीको मानव जातिले अन्तरिक्ष, ग्रह, तारा पुग्नुपर्छ ।’

अन्तरिक्ष कार्यक्रम वा वैज्ञानिक खोजको सफलता एक व्यक्ति वा देश मात्र नभएर पूरै मानव जातिकै जित हुने बताए । ‘हामीले जे ग¥यौं, त्यो हामी तीन जनाको मात्र सफलता थिएन । चन्द्रमा पुगेका धेरै मानिस खुसी भए । उनीहरुको खुसी हामी तीन जनाको सफलतामा थिएन । यो पूरै देश र संसारको सफलता थियो,’ उनले भने, ‘हामी तीन जनाको माध्यमबाट एउटा अम्सभव विषय सफल बनाएका थियौं ।’

‘चन्द्रमा पुग्न धेरै अवरोध पार गर्नुपरेको थियो । म त एउटा अवसर प्राप्त गर्ने व्यक्ति मात्र थिएँ,’ उनले भने, ‘म आफूलाई विश्वकै अन्तरिक्ष यात्री मान्छु ।’

अन्तरिक्षको खोज–अनुसन्धानमा हुने गरेको आलोचनाबारे कार्यक्रममा उनले जवाफ दिएका थिए ।

‘मानिसले मसँग सोध्ने गर्छन्, अन्तरिक्ष कार्यक्रम किन चाहियो, चन्द्रमा वा मंगल ग्रहमा किन जानुपर्यो । यहाँका मानिसको जीवनस्तर उकास्न त्यो पैसा खर्च गरे हुँदैन ?’ उनले भने, ‘यो पृथ्वीमा वैज्ञानिक विकास, नव प्रवद्र्धन अन्तरिक्षमा आधारित अनुसन्धानबाट प्राप्त भएका हुन् ।’

‘चन्द्रमा पुग्न धेरै अवरोध पार गर्नुपरेको थियो । म त एउटा अवसर प्राप्त गर्ने व्यक्ति मात्र थिएँ,’ उनले भने, ‘म आफूलाई विश्वकै अन्तरिक्ष यात्री मान्छु ।’

त्यस क्रममा भएका उत्पादन, प्रविधि विकासले हाम्रो जीवन सहज बनाएको उनले बताए । उनले मोबाइल फोन, टिभी, जिपिएस (ग्लोबल पोजिसिनिङ सिस्टम), स्वास्थ्य विज्ञानजस्ता जीवनका अति महत्वपूर्ण विषयको आधार अन्तरिक्ष खोज नै भएको बताए ।

एभरेस्ट साइन्स सेन्टरको कार्यक्रममा भाग लिन नेपाल आएका ८५ वर्षीय एल्ड्रिनले भने लुम्बिनी गएर गौतम बुद्धको जन्मथलो भ्रमण गरे र चितवनमा जंगल सफारी पनि ।

‘नेपाल आएपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेँ,’ उनले भने, ‘हिजो मात्र चितवनमा हात्ती चढेँ । सोचेँ, यत्रो हात्तीलाई अन्तरिक्ष यानमा राखेर पठाउन सकिँदैन होला !’

भिडियोमा अमेरिकी अन्तरिक्षयात्री बज एल्ड्रिनको काठमाडाैं सम्बोधन हेर्नुहोस्ः

 

 

प्रकाशित: २४ भाद्र २०७३ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App