७ वैशाख २०८१ शुक्रबार
समाज

एक्स्पोले बन्द गरेको बाटो खोल्न माग गर्दै अदालतमा रिट

नेपाल उद्योग परीसंघले विराटनगरमा बिहीबारदेखि आयोजना गरेको ‘सिएनआई कोसी एक्स्पो’विरुद्ध उच्च अदालत विराटनगरमा रिट दर्ता भएको छ।

परीसंघले विराटनगर–२ स्थित शंकरपुरमा माघ २८ गतेसम्म एक्स्पोको आयोजना थालेको हो। सार्वजनिक रुपमा रहेको पिच बाटो बन्द गरेर एक्स्पो लगाउँदा सर्वसाधारणलाई आवतजावतमा ठूलो कठिनाई भएको भन्दै विराटनगर–९ का २५ वर्षीय विद्या नन्द नुन्दी एक्स्पो आयोजकसहित ७ वटा कार्यालयविरुद्ध उच्च अदालतमा रिट दर्ता गराएका छन्।

व्यापार, व्यवसाय प्रवद्र्धनका नाममा नागरिकको हकअधिकार हन्न गरेको भन्दै ‘अन्तरिम आदेशसहित निषेधाज्ञालगायत जे जो चाहिने उपयुक्त आज्ञा आदेश गरी पाउँ’ भनी निषेधाज्ञा, उत्प्रेषण, परमादेशको मुद्दा दर्ता गरिएको हो।

एक्स्पोको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको थिए। एक्स्पोले बाटो बन्द गरेपछि सर्वसाधारण र सवारी साधन अर्को वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन्। एक्स्पो स्थल नजिककै निजी अस्पताल रहेको छ। अस्पताल २४सै घण्टा भीडभाड हुन्छ।

एक्स्पो आयोजक नेपाल उद्योग परीसंघका अध्यक्ष भीम घिमिरेले एक्स्पो आयोजना भरका लागि अर्को (वैकल्पिक)बाटो भएको हुँदा स्थानीय प्रशासनसँग अनुमति लिएर सडकको केही भाग प्रयोग गरेको बताए। उनले जिल्ला प्रशासन, महानगरपालिका लगायतबाट अनुगमन गरी अनुमति लिएर सडक प्रयोग गरिएको बताएका हुन्।    

नुन्दीले एक्स्पो आयोजक नेपाल उद्योग परीसंघ प्रदेश १, जिल्ला प्रशासन कार्यालय मोरङ, विराटनगर महानगरपालिका, विराटनगर–२ नम्बर वडा कार्यालय र सोही वडाका वडाध्यक्ष कुमार पोखरेल तथा जिल्ला ट्राफिक कार्यालय मोरङलाई विपक्षी बनाएर रिट दर्ता गरिएका हुन्।  

प्रकाशित: १९ माघ २०७९ १३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App