७ वैशाख २०८१ शुक्रबार
समाज

१०६ फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय रौतहटले एक सय छ फरार अभियुक्तलाई पक्राउ गरेको छ। अदालतबाट फैसला भई कार्यान्वयन गर्ने अभियानमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरुको सक्रियतामा चालू महिनामा नै एक सय छ फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गत माघ १ देखि १९ गतेसम्म अदालतबाट कैद तथा जरिवाना र सजाय भई हालसम्म फरार रहेका विभिन्न अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका फरार अभियुक्तलाई नियन्त्रणमा लिएर प्रहरीले अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका सुचना अधिकारी डिएसपि उमाशंकर प्रसाद यादवले जानकारी गराएका छन्। 

प्रकाशित: १९ माघ २०७९ १३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App