८ वैशाख २०८१ शनिबार
समाज

मदिरा आचारसंहितामा राजनीतिक हस्तक्षेप निषेध !

कञ्चनपुर-कञ्चनपुरको बेदकोट नगरपालिकामा मदिरा आचारसंहिता जारी गरिएको छ । नगरपालिका, इलाका प्रहरी कार्यालय, झलारी र बेदकोट उद्योग वाणिज्य सङ्घको सहकार्यमा निर्माण गरिएको आचारसंहिता जारी गरिएको हो ।

आचारसंहितामा दिउँसो ३ देखि राति ८ बजेसम्म मात्रै मदिरा बिक्री वितरण गर्न पाइने भएको छ । किराना र खुद्रा पसलमा मदिराको कारोबार गर्न नपाइने, खाना खुवाउने कक्षमा मदिरा राख्न नपाइने, पसलमा मदिरा सजाएर राख्न नपाइने, मदिराको अवैध कारोबार गर्ने र मदिरा सेवन गरी अभद्र व्यवहार गर्ने व्यक्तिलाई कारवाहीको क्रममा राजनीतिक हस्तक्षेप गरेर उन्मुक्ति दिन नपाइने आचारसंहितामा उल्लेख गरिएको इप्रका झलारीका प्रहरी निरीक्षक सुदाम रावलले बताए ।

मदिरा सेवन गरी अभद्र व्यवहार गर्ने व्यक्तिलाई कारवाहीको क्रममा राजनीतिक हस्तक्षेप गरेर उन्मुक्ति दिन नपाइने आचारसंहितामा उल्लेख छ।

बरामद मदिराको कुल मूल्यको ५० प्रतिशत रकम स्वास्थ्य र सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने र चुरे क्षेत्रमा मदिरा बेचबिखन गर्नका लागि इजाजत दिन नहुने आचारसंहितामा उल्लेख गरिएको छ ।

मदिराका कारण बजार क्षेत्रमा चोरी, झैझगडालगायत कार्यमा बढोत्तरी हुन थालेपछि मदिरा आचारसंहिता जारी गरिएको बताइएको छ । रासस

प्रकाशित: २२ भाद्र २०७३ ०४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App