coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

इटहरीमा १६ करोडभन्दा बढी खर्चेर बसपार्क बन्दै

इटहरीमा बसपार्क व्यवस्थित गर्न उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र नगर विकास कोष काठमाडाैंका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाबीच सम्झौता गर्दै। <br>

पूर्वकै केन्द्रमा पर्ने इटहरीमा सवारी साधन पार्किङ प्रमुख समस्या बनेपछि बसपार्कलाई व्यवस्थित गरिने भएको छ। इटहरीको पुरानो बसपार्क भएको ठाउँमा १६ करोड २२ लाख १८ हजार रुपैयाँ खर्चेर व्यवस्थित गरिने भएको छ। बसपार्क तीन तल्ले हुनेछ।

इटहरी उपमहानगरपालिकाले नगर विकास कोषसँग ऋण लिएर व्यवस्थित बसपार्क बनाउन लागिएको हो। यसका लागि इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेल र नगर विकास कोष काठमाडाैंका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाबीच बिहीबार इटहरी बसपार्क निमार्ण गर्न सम्झौता भएको छ।

झन्डै दुई दसकअघि निर्माण भएको बसपार्क व्यवस्थित नहुँदा सवारी साधन पार्किङ् व्यवस्थित हुने गरेको छैन्। अर्कातिर पछिल्लो समय इटहरीको चौरास्त चोकदेखि पाँच सय मिटर आसपास पुरै उपमहानगरपालिकाकै अगुवाईंमा सवारी साधन हटाएपछि प्रायः यात्रुबाहक सवारी साधन बसपार्क नै गएपनि व्यवस्थित नभएको बेला उपमहानगरपालिकाले महत्वपूर्ण योजना अघि सारेको हो।

नगर विकास कोष काठमाडौं अन्तर्गत सञ्चालित नगरपालिका वित्त व्यवस्थापन तथा क्षमता विकास कार्यक्रमले सहयोग गर्ने भएपछि अन्तर्गत बर्सपार्क व्यवस्थित गर्न लागिएको हो। जसका लागि कोषको ७० प्रतिशत र इटहरी उपमहानगरपालिकाको ३० प्रतिशत लगानी रहनेछ।

उपमहानगरपालिका इन्जिनियर जीवन घिमिरेका अनुसार एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लो तलामा टिकट काउन्टर, सोधपुछ कक्ष, प्रतिक्षालय, सभाहल, रेष्टुरेन्टसहितको हुनेछ।

१८ महिनाभित्र बस पार्क पूरा हुनेछ। ५० वटा बस अट्ने क्षमताको हुने उपमहानगरपालिका कार्यालयले जनाएको छ। बसपार्कमा ढल व्यवस्थापन र डे«न सहितको सुविधा हुनेछ। इटहरीका मेयर पौडेलका अनुसार अब बसपार्क व्यवस्थित गर्दा आम्दानीमुखी बसपार्क हुनेछ।

इटहरी पूर्वकै व्यापारिक ‘हब’ समेत बन्दै गएकाले पनि यहाँ सामान खरिद–बिक्री गर्न आउनेको चाप बढ्दो छ। यहाँ काठमाडौंपछि भव्य, व्यवस्थित र आधुनिक बजार बनाउने सोचले एकपछि अर्को सपिङ सेन्टर निर्माण भइरहेका छन्। तर, व्यवस्थित बसपार्क वा पार्किङ स्थलको समस्या छ।

प्रकाशित: १९ माघ २०७९ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App