८ वैशाख २०८१ शनिबार
समाज

जगदीपुर तालमा २७ औं सीमसार दिवस मनाइयो

लुम्बिनी प्रदेश कै प्रमुख गन्तब्य जगदीशपुर तालमा ‘यो सिमसार पुर्नस्थानाको समय हो’  भन्ने  नारासहीत २७ औ सीमसार दिवस मनाइएको छ। डिभिजन वन कार्यालय कपिलवस्तु र जगदीशपुर जलासय ब्यस्थापन बहुसरोकार मञ्चको आयोजनामा सिमासार दिवसर र १० औ चरामहोत्सव संचालन गरिएको हो। सो अवसरमा गच्छामी मिडिया ग्रुपले चरा फोटो प्रर्दशनी गरेको थियो।

लुम्बिनी प्रदेशका सदस्य बिष्णु पन्थी, जिल्ला समन्वय समितका प्रमुख बावुराम आचार्य र डिभिजन वनक कार्यालय कपिलवस्तुका प्रमुख बिजयराज सुबेदी र मंचका अध्यक्ष ललित गुरुङले परेवा उडाएर कार्यक्रमको उद्धघाटन गरेका थिए।

लुम्बिनी प्रदेशका सदस्य पन्थीले जगदीशपुर ताल लुम्बिनी प्रदेश कै प्रमुख पर्यटकीय स्थल रहेको बताए। उनले लुम्बिनीसंग जोडर जगदीशपुर तालको गर्नु पर्ने बताए ‘ताल संरक्षणको जिम्मा यहीका सरोकारवालाले गर्नु पर्छ यसका विकास गर्ने जिम्मा स्थानीय प्रदेश सरकारको हो’ उनले भने।

उनले प्रदेश सरकारले जगदीशपुर तालको विकासका लागि चाहिने बजेटको व्यवस्थाका लागि आफूले पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे। प्रजिअ शंकरहरि आचार्यले प्राकृतिक विविधताले भरिएको जगदशीपुर तालको संरक्षण र विकास गर्नु पर्ने बताए। स्थानीयको सहभागीतामा ताललाई सुन्दरीकरण गरी आयआर्जन तर्फ उन्मुख गराउनु पर्ने बताए। उनले चराहरुको बासस्थानका रुपमा परिचित जगदीशपु तालमा मानवीय गतिबिधिलाई कम गर्नु पर्ने बताए।  

जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले तालको विकासमा अब ढिलाई गर्न नहुने बताए। उनले खुला संंग्रहालयका रुपमा रहेको कपिलवस्तुका समग्र पर्यटकीय विकासका लागि गुरु योजना बनाई अघि बढनु पर्ने बताए। सो अवसरमा तालको विकासमा सबैको साझा प्रयास आवश्यक रहेको डिभिजन वन कार्यालकया प्रमुख बिजयराज सुबेदीले बताए।  आफूले पनि तालको विकास संरक्षका लागि प्रयास गर्ने उनले बताए। उनले तालको ठोस विकास गरी पर्यटकीय लाभ लिनु पर्ने बताए।

बुद्धस्थल तिलौराकोट, निगालीकोट, लम्बुसागर लायतका स्थलसंग जोडने गरी यस क्षेत्रको विकास गनुृ पर्ने बताए। मंचका अध्यक्ष ललित गुरुङको अध्यक्षता र सचिव सुन्दर पाण्डेयको संचालनमा भएको कार्यक्रममा मंचका उपाध्यक्ष अब्दुल रसिद खा  वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा, शिव पौडेल लगायतले शुभकामना मन्तब्य दिएका थिए। ताललाई गत बर्ष पंक्षी संरक्षण क्षेत्र घोषणा गरिएको थियो।  

खल्लो सिमसार दिवस

यस वर्षको सिमसार दिवसर खल्लो भएको भन्दै गुनासो गरिएको छ। विगत ९ वर्ष देखि तामझामका साथ सिमसार दिवस मनाईदै आएकोमा यस वर्ष औपचारिकतामा मात्र सिमित भएको सरोकारवालाले गुनासो गरेका  हुन्। जगदीशपुर जलासय ब्यस्थापन बहुसरोकार मञ्चका उपाध्यक्ष अब्दुल रसिद खाले यस वर्ष दिवस  खल्लो रहेको गुनासो गरे। बिगत नौ वर्ष देखि सिमसार दिवसमा यहा तामझाम र रमाइलो गरी दिवस मनाइएकोमा यस वर्ष किन खल्लो भयो भन्दै उनले प्रश्न तेर्साए।

कोरोना र अन्य समयमा समेत बृहत सहभागीता र कार्यक्रम गरी दिवस मनाइन्यो तर यस वर्ष नाम मात्रको दिवस रहेको उनले बताए। गत वर्ष सम्म तालमा म्याराथन दौड, निबन्ध र कबिता, चित्रकला प्रतियोगीता थारु नाचहरु गर्ने गरिन्थ्यो। यस्तै उत्कृष्ट संचारकर्मीलाई समेत पुरस्कृत गर्ने गरिएको थियो। तर यो वर्ष त्यस्तो केही भएन। मंचमा भाषण गरेर मात्र दिवस मनाइएको अब्दुल रसिदले बताए। ‘नगरपालिका र वडा कार्यालय संग समेत समन्वय गरिएन बजेटको अभाव भनियो’ उनले भने। डिभिजन वन कार्यालयले दिएको केही रकमले दिवस मनाइएको हो।  

यस्तै तालको सरसफाई र अन्य कामकालागि आएको बजेटबाट बचेको पैसाले दिवसमा खर्च गर्ने सहमित भएको नगरपालिका वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्माले बताए। बिगतमा सिमसार दिवस मनाउने बिषयमा २ हप्ता अघि देखि नै तयार गरिथ्र्यौ। तर यस पटक २ दिन अघि मात्र कार्यक्रम गर्ने निर्णय गरिएको थियो।  

प्रकाशित: १९ माघ २०७९ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App