४ वैशाख २०८१ मंगलबार
समाज

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं. ९ नंखेल लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर जबरजस्ती गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दुई छुटाछुटै समयमा सोही जंगलमा लगेर जबरजस्ती गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।  

बुधबार साँझ ६ बजे  मुगु घर भई हाल काठमाडौँ थानकोट बस्ने १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरी फरार भएको आरोपमा  मुगु जिल्ला सोरु गाउँपालिका घर भई हाल भक्तपुर सूर्य विनायक नगरपालिका वडा नं. ९ पलासे बस्ने बर्ष २१ को भक्त नेपालीलाई भक्तपुर बाँसबारीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। 

उनलाई  जबरजस्ती करणी कसुरमा पक्राउ गरेको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए। साथै सोही जंगलमा अर्कै महिलालाई जबरजस्ती गरेको आरोपमा अर्का एक जना पनि पक्राउ परेका छन्। मुगु घर भई हाल भक्तपुर डेकोचा बस्ने बर्ष २० की महिलालाई जबरजस्ती गरेको आरोपमा हुम्ला अदानचुली गाउँपालिका वडा नं. ३ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ९ मिलनचोक बस्ने बर्ष १९ को गगन परियारलाई पक्राउ गरिएको हो।

 जबरजस्ती करणी उद्योग गरी फरार भएकोमा उनलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ। गगन परियारलाई भक्तपुर प्रहरीले जगातीबाट पक्राउ गरी प्रहरी वृत्त जगाती भक्तपुरमा राखी जबरजस्ती करणी उद्योग कसुरमा आवश्यक अनुसन्धान कार्य भइरहेको जनाइएको भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।

प्रकाशित: १९ माघ २०७९ ११:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App