coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

एसिएन अफ्रिकन फिलोसफी कंग्रेसको उपाध्यक्षमा डा. उपाध्याय

एसिएन अफ्रिकन फिलोसफी कंग्रेसको उपाध्यक्षमा नेपालबाट दर्शनशास्त्री डा. गोविन्दशरण उपाध्याय मनोनीत भएका छन्। 

नयाँदिल्लीस्थित एसियन अफ्रिकन फिलोसफी कंग्रेसका अध्यक्ष तथा इन्डियन फिलोसफी कंग्रेसका अध्यक्ष प्रा.डा. एसआर भट्टले डा. उपाध्यायलाई उपाध्यक्षका रूपमा मनानीत गरेका हुन्। डा. उपाध्याय त्रिभुवन विश्वविद्यालयअन्तर्गत त्रिचन्द्र क्याम्पसमा दर्शनशास्त्र प्राध्यापन गर्दै आउनुभएको छ। एसियन अफ्रिकन कंग्रेस एसिया र अफ्रिकाका दार्शनिकहरू सम्मिलित साझा संस्था हो। संस्था विश्वका ४५ बढी देशमा विस्तार भइसकेको जानकारी प्राध्यापक भट्टले दिएका छन्।

प्रकाशित: १९ माघ २०७९ ०१:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App