coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ह्विलचेयरमा बस्ने व्यक्तिकाे उद्धार कार्यलाई गलत प्रचार गरियो: महानगर प्रहरी

ह्विलचेयसमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई पक्राउ गरी गाडीमा राख्दै नगर प्रहरी । तस्बिरः सूर्यप्रसाद पाण्डे/गोरखापत्र

सडकबाट अपाङ्गता भएका व्यक्तिलाई महानगरले पक्राउ ग¥यो भनेर प्रकासन भएको समाचारप्रति ध्यानाकर्षण भएको महानगर प्रहरी बलले जनाएकाे छ। दोलखा घर भएका कुमार कार्की (नाम परिवर्तन) लाई सहयोग आवश्यक रहेको अवस्थामा प्रहरीले मानव सेवा आश्रममा लैजानका लागि गाडीमा राखेको माहानगरले बताएको हो।

उनीमाथि कुनै पनि प्रकारको बल प्रयोग नगरेको माहानगर प्रहरीको भनाइ छ। उनले सडकमा चुरोट, मास्क तथा गुट्खालगायतका बस्तु विक्री गरिरहेका अवस्थामा गाडीमा राखेको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले बताए।  

प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘सडकमा भएका सहयोगापेक्षीहरुलाई उद्धार गरेर हामीले मानव सेवा आश्रममा बसोबास प्रबन्ध गर्ने गरेका छौँ। स्वास्थ्योपचार गरिदिने र सम्भव भएसम्म पारिवारिक पुर्नमिलन गराउने काम गरिरहेका छौँ। कार्कीलाई महानगर प्रहरी बलको गाडीमा राख्नुको उद्देश्य पनि त्यही हो। यस विषयलाई मानवीयतासँग जोडेर प्रचार भएको देखियो। यस्तो प्रचार गलत हो। हामी मानवीयताको सहर बनाउने अभियानअन्तर्गत सडक सहयोगापेक्षीहरुको व्यवस्थापन गरिरहेका छौँ। कार्कीलाई गाडीमा राख्नुको कारण यही कार्यक्रमको निरन्तरता हो।’

नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार प्रचार गरिएका व्यक्तिलाई आश्रम लैजान लाग्दा नमानेपछि हिजो साँझ बहिनी र भाञ्जाका जिम्मामा छाडिएको थियो। आश्रममा जान नमान्ने उनी आज पनि चुरोट, गुट्खालगायत बस्तु विक्री गर्न सडकमै निस्किएका छन्। अहिले नगर प्रहरीले उनलाई आश्रममा जानका लागि सम्झाइ बुझाइ गरिरहेको छ।  

सडकमा अनधिकृत व्यापार गर्नेलाई पक्राउ गरेपछि विवरण खडा गर्ने गरिन्छ। प्रहरी बल आन्तरिक प्रशासन तथा जरिवाना एकाइका प्रमुख नगर प्रहरी निरीक्षक राजनकुमार कार्कीका अनुसार उनको कुनै पनि विवरण खडा गरिएको छैन।

महानगरले सडक पेटीमा बसेर कुनै पनि सामग्री बेचबिखन गर्न रोक लगाएको छ।

प्रकाशित: १८ माघ २०७९ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App