८ वैशाख २०८१ शनिबार
समाज

जुम्लामा फरार प्रतिवादी घरबाटै पक्राउ

जुम्लाको प्रहरी चौकी हाँकुले फरार प्रतिवादी पक्राउ गरेको छ। जुम्लाको  चन्दनाथ नगरपालिका -८ का वर्ष ३८ को धनबहादुर रोकायालाई आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी हाँकुबाट खटिएको टोलीले  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए।

फरार प्रतिवादीलाई जिल्ला अदालत जुम्लामा पेश गरिएको छ। रोकायालाई बाँके जिल्ला अदालतले गाँजा चरेस मुद्दामा १० महिना ६ दिन कैद सजाय तोकेको थियो।

प्रकाशित: १८ माघ २०७९ ०७:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App