coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङको पहिरोमा मृत्यु हुनेको संख्या ४ पुग्यो

ताप्लेजुङ- ताप्लेजुङ नगरपालिकाका बिभिन्न स्थानमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। बेपत्ता एक महिलाको शव शनिवार अपरान्ह फेला परेपछि पहिरोमा पुरिएका चारैजनाको मृत्यु भएको पुष्टी भएको हो।

पहिरोमा परी बेपत्ता ताप्लेजुङ नगरपालिका वार्ड नं ८ का सुब्बेनी ठूली भनेर चिनिने दिलकुमारी पालुंवाको शव सुरक्षाकर्मीको टोलीले उनकै घरको तल्लो भागमा पुरिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए । यसअघि पहिरोले पुरेको छ नगरपालिका वार्ड नं २ निरौला टोलका टीका मगरको पहिरोले बगाउँदा टीका श्रीमती  अन्दाजी २८ बर्षिय बिमला र छोराहरु ९ बर्षिय ललित र ७ बर्षिय मनोजको शव बिहानै फेला परेको थियो। मृतक दिलकुमारीकी बहिनी कृष्णकुमारीको जिल्ला अस्पतामा उपचार भई रहेको छ । उनलाई घाईते अवस्थामा सुरक्षाकर्मी र स्थानीयको टोलीले उद्धार गरी जिल्ला अस्पताल ल्याएको थियो । पहिरोले अहिले सम्म ५८ घर परिवार बिस्थापति भएका छन् । तानपा वार्ड नं ९ कफी हाउस क्षेत्रका १० घर परिवार पनि पूर्ण जोखिममा रहेकोले सुरक्षित स्थानमा सर्न आग्रह गरिएको जिल्ला रेडक्रस सोसाईटीका सभापति गणेश अधिकारीले जानकारी दिए। बिस्थापित भई सुरक्षित स्थानमा सरेका मध्ये साविकको दोखु गाविसका बिभिन्न स्थानका ४२ घर परिवारका १ सय ९४ जनालाई हिटी भन्ने स्थानको मेची होईराईजन ईङलिस बोर्डिङ स्कुलको प्रांगणमा तथा खोली पाखाका ७ र ल्याङवाका ५ घर परिवारका ४० जनालाई लाई ल्याङवाको सुरक्षित स्थानमा अस्थायी क्याम्प खडा गरी राखिएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । उनले असुरक्षित भएर घर छाडेका परिवारलाई तत्कालका लागि जिल्ला बिपद् व्यवस्थापन समितिको समन्वयमा जिल्ला रेडक्रस सोसाईटी, ताप्लेजुङ उद्योग बाणिज्य संघ लगायतका संघ संस्स्थाको समन्वयमा तत्कालका लागि खानपिन र आवासको प्रवन्ध गरिएको जानकारी दिए । उनले घर छाडेर अस्थायी शिविरमा भेला भएकाहरुको वास्तविक क्षति संकलन गर्न प्राविधिक समिति गठन गरिएकोले यो समितिको प्रतिबेदनका आधारमा वाँकी राहात र उद्धारका कार्य गर्ने कार्य योजना जिल्ला बिपद् व्यवस्थापन समितिले बनाएको जानकारी दिए । पहिरोले मेची राजमार्गको खोक्से खोला आसपासको भागको अधिकतर खण्डमा क्षति गरेको र पक्की सडकको अस्थित्व नै नामेट बनाएकोले तत्काल यो भागमा यातायात सेवा सञ्चालहुन नसक्ने अवस्था देखिएको छ। 

प्रकाशित: १८ भाद्र २०७३ १४:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App