१५ चैत्र २०८० बिहीबार
समाज

अपहरित बालक २६ घण्टामै सकुसल उद्धार

कपिलवस्तु–बिहीबार अपहरण गरिएका धनकौली गाव्सि–४ गगनीका १० वर्षे बालक अजय मल्लाहलाई प्रहरीले २६ घण्टा मै सकुसल उद्धार गरेको छ। प्रहरीको बिशेष टोलीले अजयलाई रुपन्देहीको बनगाई गाविस–९ सिसोहनीयाबाट शुक्रबार साँझ ६ बजेतिर अपरहणमुक्त गराएको प्रहरी नायव उपरीक्षक प्रल्हद अधिकारीले बताए।

धनकौलीको विजगौरीस्थित रवि सामुदायिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत उनलाई विद्यालयबाट घर फकिर्नेक्रममा दिउसो ४ः १५ बजेतिर मोटरसाइलमा अपहरण गरी सदरमुकाम तौलिहवामतर्फ लगिएको थियो। सिसोहियाको चोकमा बसिरहेको अवस्थामा रविलाई प्रहरीको टोलीले फेला पारेको थियो। उनलाई खोज्न रुपन्देहीको मुर्गियाबाट प्रहरीको बिशेष टोली परिचालन गरिएको थियो।

घटनाको आरोपमा रुपन्देहीका २ जना पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। यस अघि बालकका बुवा हरि मल्लाहको किटानी जोहरीपछि हरि मल्लाहकी काकी कुश्मा मल्लाह र उनका छिमेकी सुखारी मल्लाहलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको थियो। बालह अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छन्। उनलाई शनिबार अभिभावको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

घरमा पंखा जडान गरिदिने भन्दै बालकलाई मोटरसाइकलमा आएका २ जनाले बिचमा राखेर तौलिहवा तर्फ लगेको प्रत्यक्षदर्शीले बताए। हरि मल्लाहकी काकी र उनी बिच विगत ८ वर्षदेखि जग्गा विवाद सम्बन्धी मुद्दा चल्दै आएको र हाल आएर उक्त जग्गाको फैसला हरि मल्लाहको पक्षमा गएपछि उनकी काकीले छोरालाई मार्ने वा अपहरण गर्ने धम्की दिने गरेको स्थानीयबासी बताउँछन्। बालक अपरणमुक्त भए पछि उनको घरमा खुशीयाली छाएको छ। पक्राउ परेकाहरुसँग सोधपुछ र घटनाको अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बिष्णु केसीले बताए।
 

 

प्रकाशित: १८ भाद्र २०७३ ०४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App