coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तातोपानी गाउँपालिकाले आफ्नै गान र लोगो बनाउने

जुम्लाको तातोपानी गाउँपालिकाले आफ्नै गान र लोगो बनाउने निर्णय गरेको छ।

गाउँ कार्यपालिकाको माघ १६ गतेको निर्णयअनुसार प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा विशिष्ट भौगोलिक पहिचान झल्किने गरी गान र लोगो बनाउनका लागि एकमहिने सार्वजनिक सूचना जारी गरिएको छ।

खुला प्रतिस्पर्धात्मक विधिबाट गान र लोगो निर्माण गर्नका लागि इच्छुक व्यक्ति वा संस्थालाई विभिन्न सर्तमा आधारित निर्धारित समयभित्र दरखास्त दिन सूचना जारी गरेको पालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए।

डिजाइनकर्ता र रचनाकारलाई पुरस्कृत समेत गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए। उनले भने, ‘पालिकाको एउटै पत्रमा नेपाल सरकारको लोगो रहने गरी अर्को छेउमा तातोपानी गाउँपालिकाको लोगो हुन्छ। लोगो र पालिका गान मौलिक हुनुपर्नेछ।

प्रकाशित: १७ माघ २०७९ ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App