१६ चैत्र २०८० शुक्रबार
समाज

गण्डकीमा सवारी दुर्घटना र ज्यान जानेको संख्यामा कमी

गण्डकी प्रदेशमा सवारी दुर्घटनामा केही कमी आएको प्रहरीले बताएको छ। गण्डकी प्रदेशमा २०७७/७८ मा भन्दा २०७८/७९ मा सवारी दुर्घटना झिनो रुपमा घटेको हो। गण्डकी प्रदेशमा अघिल्लो वर्षको तुलनामा यसवर्ष सवारी दुर्घटना ३ प्रतिशतले घटेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश ट्राफिक कार्यालयका अनुसार गण्डकी प्रदेशमा २०७७ साल माघ १ गतेदेखि २०७८ साल पुस मसान्त सम्ममा ४१५ वटा सवारी दुर्घटना भएका थिए। तर २०७८ साल माघ १ गतेदेखि २०७९ साल पुस मसान्त सम्ममा ४०२ वटा मात्र सवारी दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ। 

दुर्घटना घटेसँगै दुर्घटनाबाट ज्यान जानेको संख्या पनि घटेको ट्राफिक प्रहरीको भनाई छ। प्रदेश ट्राफिक कार्यालयका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या १५ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २०७८ माघ १ गतेदेखि २०७९ साल पुस मसान्तसम्ममा सवारी दुर्घटनामा २५१ जनाले ज्यान गुमाएका थिए। तर २०७८ साल माघ १ गतेदेखि २०७९ साल पुस मसान्त सम्ममा २१३ जनाले ज्यान गुमाएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ। 

दुर्घटनामा गम्भीर घाईते हुनेको संख्या अघिल्लो वर्षको तुलनामा यस वर्ष ३९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सवारी दुर्घटनामा २७४ जना गम्भीर घाईते भएकोमा यस वर्ष ३८१ जना गम्भीर घाईते भएका छन्। त्यस्तै, सामान्य घाईतेको संख्या भने ९ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २७० जना सामान्य घाईते भएकोमा यस वर्ष २४५ जना सामान्य घाईते भएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले अघिल्लो वर्षको तुलनामा यस वर्ष ६९ प्रतिशत राजश्व बढी संकलन गरेको जनाएको छ। गण्डकी प्रदेश ट्राफिक कार्यालयले अघिल्लो वर्ष १ लाख ३३ हजार ८ सय ६४ वटा सवारी साधनलाई कारवाही गर्दा ८ करोड ८७ लाख २ हजार रुपैयाँ संकलन गरेकोमा यस वर्ष २ लाख २५ हजार ५ सय ६३ वटा सवारी साधनलाई कारवाही गर्दा १६ करोड ४३ लाख ५३ हजार रुपैयाँ संकलन गरेको जनाइएको छ। 

ट्राफिक प्रहरीको सकृयताका कारण दुर्घटना संख्या र मृतक संख्या घटेको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ। प्रदेश ट्राफिक कार्यालयले रोड सेफ्टी टिप्स, रोड सेफ्टी कर्नर अभियान, नमस्ते अभियान, चालकसँग एक मिनेट कार्यक्रम, विद्यालय सचेतना कार्यक्रम, यात्रु सहायता कक्ष स्थापना र प्रशिक्षण, अन्र्तक्रिया कार्यक्रम, कृतिम सडक दुर्घटना उद्दार तथा व्यवस्थापन सिमुलेसन, हुस्सु लाग्दा र रातको समयमा टल्किने स्टिकर टाँस्ने अभियान, प्रेसर हर्न हटाउने अभियान, ट्राफिक चेकिङलगायतका अभियान सञ्चालन गरेपछि दुर्घटना घटेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

प्रकाशित: १६ माघ २०७९ ०८:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App