coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटनाले खोस्यो स्थायी शिक्षिका बन्ने सपना

धरापानी– ६ की कमला पौडेल शिक्षक सेवा आयोगले बुटवलमा  सञ्चालन गरेको मावि तहको स्थायी शिक्षकको परीक्षा दिएर कार्यक्षेत्र फर्कदै थिइन। हंसपुर – ५ रतनमारेमा भएको जीप दुर्घटनामा परि उनको ज्यान गयो। सन्धिखर्कबाट प्युठानको बाँधिकोट जाँदै गरेको ग १ ज ४८७८ नं. को जिप आइतबार दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो। स्थायी शिक्षिका भएर शिक्षाको क्षेत्रबाट चेतनाको दियो बाल्ने उनको अभिलासा अधुरै रह्यो। पौडेल छिमेकी जिल्ला प्यूठानको वाङ्गेमरोठको अमरसिंह माविकी अंग्रेजी शिक्षिका थिइन। उनी एक कुशल अंग्रेजी शिक्षिका रहेको शिक्षकहरु बताउँछन्।  विगत चारवर्ष देखि उनले सो विद्यालयमा अध्यापन गराउँदै आएका थिइन । १३ वर्षकी छोरी कविता र ११ वर्षकी मुनालाई आफू कार्यरत विद्यालयमै पढाएकी  थिइन्। कविताले कक्षा ९ मा र मिनाले ७ कक्षामा पढ्छिन् । दुइ छोरी सँगै उनी यात्रा गरेकी थिइन । यसपटक परीक्षा राम्रो भएकाले नाम निस्कनेमा उनी आशावादी देखिएकी थिइन। ‘मेलापर्वमा अरु रमाउँदा पनि दिदी अध्ययन अध्यापनमा व्यस्त हुनुहुन्थ्यो’ उनका भाइ हरि भुसालले भने, ‘उहाँ धेरै मेहनेती हुनुहुन्थ्यो, ‘उहाँ हाम्रो प्रेरणाको श्रोत हुनुहुन्थ्यो ।’

 हंसपुर रतनमारेको उकालोमा गएर गाडी अनियन्त्रित हुन थालेपछि गाडीमा सवार वाङ्गेमरोठ सौतामारेका केशर जिसी झ्याल फोरेर बाहिर निस्किए । उनी आफू मात्र बाच्ने प्रयास गरेनन् । काखैमा रहेका दुइ बालिकालाई पनि तानेर बाहिर ल्याए । ति दुई बालिका कमला पौडेलका छोरी थिए। ‘कमला म्याडमले पनि हात दिँदै हुनुहुन्थ्यो तर गाडी सडकबाट खसिसकेकाले उहाँलाई तान्न सकिएन’ जिसीले भने, आँखै अघिबाट गाडी खस्यो निकै दुःख लागेको छ।’ आफूसँगै रहेका बालिकालाई तानेर झार्न सफल भएकोमा अतिकति भएपनि सन्तोष मिलेको उनी बताउँछन्। दुई छोरी कविता र मिनाले हेर्दा हेर्दै आमा गाडीमा लुटपुट्टिएर भिरमा बज्रेको दखे। आमाले हात दिँदा दिदै आमाको काखबाट टाढिएका यि दुई बालिकाहरु आमाको सम्झनामा मुर्छित  छन्। ‘गाडी धेरै तल झरिसकेकाले  मम्मी, मम्मी भन्दै रुँदै चिच्चाएँ ’ जेठी छोरी कविताले भनिन । उनको ढाई  वर्षको एउटा  छोरा  छन्। उनका श्रीमान बीरेन्द्र पौडेल पनि धारापानीको शान्ति  उच्च मावमा  अङग्रेजी विषय पढाउँछन् । ढाइ वर्षको  छोरो घरमै बुवासँग थिए। पौडेलको निधनले घरपरिवार आफन्त देखि शिक्षा क्षेत्रका व्यक्तिहरु चिन्तित बनेका छन् । उनी सरल र सहयोगी स्वभाविकी भएको स्थानीय बताउँछन् । उनको सम्झनामा सोमबार जिल्लाका  अधिकांश विद्यालयमा शोक मनाइएको छ।   

 

 

 

प्रकाशित: १३ भाद्र २०७३ १२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App