१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्णालीमा प्रयाप्त संख्यामा प्रहरी नभएको गुनासो

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा सञ्चारकर्मीसंग डिआईजी ढकाल।

कर्णालीमा दरबन्दी अनुसारको प्रहरी जनशक्ति नहुनु मुख्य समस्याको रुपमा रहेको छ। कम जनशक्तिका कारण प्रहरी परिचालनमा समस्या हुने गरेको जनाइएको हो। पुरानो दरबन्दीमा अहिलेसम्म प्रहरीहरु परिचालन भएको हुँदा नयाँ दरबन्दी कायम गरेर कर्णालीमा प्रहरी जनशक्ति परिचालन हुनुपर्ने बताइएको छ।

कर्णालीमा प्रहरी दरवन्दी संख्या ६ हजार २ सय ७९ जनाको रहेको छ तर, ५ हजार ४ सय ९८ जना कार्यरत छन्। पुरानो दरबन्दीमा पनि ७ सय ८१ जना प्रहरी कर्णालीमा कम रहेका छन्। जनसंख्या वृद्धिसंगै यहाँ सडक, सवारी र अपराधिक घटना दिनानुदिन बढीरहेको अवस्थामा पुरानो प्रहरी दरबन्दी निकै न्यून रहेको छ । प्रहरी चौकीहरु कर्णाली निकै कम छन्। प्रहरी चौकीहरु ईलाका प्रहरी चौकीमा स्तरउन्नती हुनुपर्ने अवस्थामा छन् तर, पुरानै दरवन्दीमा त्यस्ता प्रहरी चौकीहरुबाट जनतालाई सेवा दिनुपर्ने कर्णालीमा प्रहरीको बाध्यता रहेको छ।

मुख्यत कर्णालीमा लागुऔषध कारोवार, प्रयोगकर्ता दिनानुदिन बढ्नु, सडकको अवस्था नाजुक हुनु, सिट क्षमताभन्दा बढी यात्रु, बसपार्कमा यात्रुहरुलाई ठगी, चोरीका घटनाहरु बढ्नु, आत्महत्याका घटना बढ्नु लगायतका समस्याहरु कर्णालीमा रहेको संञ्चारकर्मीहरुले कर्णाली प्रदेश प्रहरी कार्यालयमा नयाँ सरुवा भएर आएका प्रहरी नायव महानिरीक्षक (डिआईजी) भिम प्रसाद ढकाललाई राखे। डिआईजी ढाकालले आफू कर्णालीमा देखिएका समस्याहरु समाधान गर्ने प्रतिवद्धता समेत गरे। माघ ११ गते कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भएर पदभार ग्रहण गरेका डिआईजी ढकालले सञ्चारकर्मी लगायतका नागरिक अगुवाहरुसंग सुझाव तथा कर्णालीका समस्याहरुका बारेमा बुझेका छन्।

कर्णालीमा हुनुपर्ने प्रहरीका कार्यालयहरु लुम्विनी प्रदेशबाट सञ्चालित कार्यालयहरु कर्णालीमै आफ्नो कार्यकालमा फर्काउन सञ्चारकर्मीहरुले डिआईजी ढकाललाई सुझाव दिए। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, कर्णाली प्रदेश दंगा नियन्त्रण, संघिय प्रहरी कार्यालय, अनुसन्धानका लागि कुकुर शाखा र प्रहरी ब्याण्ड लगायतका कार्यालयहरु लुम्विनी प्रदेशको कोहलपुर र नेपालगंजबाट कर्णालीमा अँझै ल्याउन सकिएको छैन्।  

प्रकाशित: १३ माघ २०७९ १०:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App