coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भारतमा सरोगेसी प्रतिबन्ध

काठमाडौं- भारत सरकारले सरोगेसी (कोख भाडा लिएर बच्चा जन्माउने कार्य) लाई प्रतिबन्ध गर्ने भएको छ। भारत सरकारले वैधानिक रूपमा विवाह गरेको भारतीय दम्पतीबाहेक अन्यमाथि सरोगेसी प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले बुधबार जनाएका छन्। विवाह नगरेका दम्पती, एकल अभिभावक, लिभिङ पार्टनर्स र समलिंगीले सरोगेसी गर्न नपाउने व्यवस्था नयाँ विधेयकमा छ। भारत सरकारले सेरोगेसीको नाममा हुने अनैतिक कार्य रोक्नका लागि विधेयक ल्याउन लागेको जनाएको छ।

नेपाल सरकारले यसअघि नै सरोगेसी प्रतिबन्ध गरिसकेको छ। पछिल्लो समय भारत व्यापारिक सरोगेसीको केन्द्र बन्दै आएको छ। भारतमा दुई हजारभन्दा बढी सरोगेसी क्लिनिक छन्। सरकारले संसद्को हिउँदे अधिवेशनमा प्रस्तुत गर्न लागेको  विधेयकमा व्यापारिक सरोगेसी गर्नेलाई दस वर्षको जेल सजाय र दस लाख भारु जरिवानाको व्यवस्था छ। बिहे गरेको ५ वर्षसम्म पनि सन्तान नहुने दम्पतीले भने सरोगेसीबाट बच्चा पाउनसक्ने व्यवस्था गरिएको छ।

भारतीय विदेशमन्त्री सुषमा स्वराजले गैरआवासीय भारतीय र भारतीय मूलका विदेशी नागरिकलाई समेत सरोगेसीबाट सन्तान जन्माउन प्रतिबन्ध लगाएको सञ्चारमाध्यमलाई जानकारी गराएकी छन्। विवाहित दम्पतीको सरोगेट आमा नजिकैको आफन्त हुनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ। सरोगेसीबाट बच्चा जन्माउन चाहने आमाको उमेर २३ वर्षदेखि ५५ वर्ष र उसको पतिको उमेर २६ वर्षदेखि ५५ वर्षबीच हुनुपर्ने व्यवस्था विधेयकमा छ।

प्रकाशित: ९ भाद्र २०७३ ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App