१५ चैत्र २०८० बिहीबार
समाज

युवतीमाथि जंगलमा सामुहिक बलात्कार

कोहलपुर– मंगलबार राती ११ बजे तीजको नाच हेरेर फर्कंदै गर्दा कोहलपुर नगरपालिकाभित्र २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ। नाच हेरेर फर्कंर्दै गर्दा दुई युवाले नियन्त्रणमा लिई बलात्कार गरेका हुन्। बलात्कृत युवतिको कोहलपुरमा उपचार भइरहेको छ।

गाउँमा तीजको नाच हेरेर फर्कदा गर्दा कोहलपुर–७ स्थित जंगलमा उनी बलात्कृत भएकी हुन्। बलात्कारमा संग्लन दुई युवाका पहिचान भएका ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले बताए। उनीहरु फरार रहे पनि प्रहरीले खोजी कार्य तीव्र पारेको उनले भने। युवतीको यौनी, छाती, शरीरमा चोटपटक र डामहरु भेटिएको छ। युवतीले युवाहरुबाट धेरै बच्न प्रतिकार गरे पनि उनीमाथि आक्रमणसहित जर्वजस्ती करणी भएको प्रहरीले जनाएको छ।  

उनले प्रतिकारका क्रममा युवाहरुको अनुहार, छाती र हातमा टोेकेको र कोतरे पनि उनीहरुले नियन्त्रणमा लिई सामूहिक बलात्कार गरेको ती युवतीले बया दिएकी छन्। बलात्कारमा संग्लन युवाहरु कम्दी–९ का रहेका छन्। उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

 

प्रकाशित: ८ भाद्र २०७३ १४:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App