coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भरुवा बन्दुकसहित दुई जना पक्राउ

जुम्ला–जिल्ला प्रहरी कार्यालय जुम्लाले भरुवा बन्दुकसहित दुई जना पक्राउ गरेको छ। जिल्लाको पातारासी गाविस– ३ का पृथ्वीबहादुर ऐडी र कृष्णबहादुर वुढाको घरबाट  चोरी गर्ने दुई जनालाई एक थान भरुवा बन्दुकसहित  प्रहरीले पक्राउ गरेको हो। प्रहरी नायव उपरिक्षक विष्णुहरि कोइरालाका अनुसार छुमचौर–७ का श्रीबहादुर वुढा र पातारासी– ३ वस्ने चन्द्र वीर ऐडी पक्राउ परेका हुन । उनीहरु भदौ १ गते भएको चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।   

चोरीमा पाँच÷सात जनाको समुह संलग्न भएकोमा दुई जनालाई पक्राउ गरिएको र बाँकी खोजी भइरहेको प्रहरी प्रमुख कोइरालाले जानकारी दिए।
 डाकाचोरीमा संलग्न श्रीबहादुरको घरबाट भरुवा बन्दुक बरामत गरिएको हो। हतियार धारी डाँका समुहले भदौ १ गते पृथ्वीबहादुर र कृष्णबहादुरको घरबाट ६ लाख ९४ हजार रुपैयाँ बराबरको नगद तथा धनमाल चोरी गरेका थिए।  

जुम्लामा हतियार धारी समुह भएको जानकारी पाए पछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । चोरी भइरहेको गाउँहरुमा प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। अहिले डाका समुह सक्रिय भइरहेको इलाकाहरुमा प्रहरीले छापा हान्नेदेखि नियमित गस्ती बढाइरहेको छ। यसअघि सदरमुकाम खलंगाको एयरपोर्टमा प्रहरी गस्तीलाई लक्षित गर्दै पेस्तोल पड्काउने एक जनालाई प्रहरीले पक्रेको थियो।

 

प्रकाशित: ८ भाद्र २०७३ १०:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App