coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पोखरामा ट्रयाक्टर पल्टिदा एकको मृत्यु

पोखरामा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर–३३ चवादीमा ट्रयाक्टर पल्टिदा ट्रयाक्टरमा सवार स्थानिय ६३ वर्षिय नलप्रसाद लामिछानेको मृत्यु भएको हो।

पोखरा–३३ चवादीको भित्री कच्ची सडकहुँदै सुरौदीतर्फ जाँदै गरेको ग.१त.६६६४ मन्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकमा पल्टिदा ट्रयाक्टरको पछिल्लो भागले लामिछानेलाई च्यापेको थियो। उनलाई तत्काल उद्दार गरेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले दुर्घटनामा परेको ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरी बरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए ।

प्रकाशित: ११ माघ २०७९ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App