१६ चैत्र २०८० शुक्रबार
समाज

हिमपातका कारण जुम्लामा विद्युत् सेवा अवरुद्ध

जुम्लामा लगातारको हिमपातले दुई दिनदेखि हवाई, स्थल मार्ग र विद्युत् सेवा अवरुद्ध भएको छ।

लामो समयपछि परेको हिमपातले राष्ट्रिय प्रसारण लाइन नेशनल ग्रिड अवरुद्ध भएको हो। यस्तै हवाई मार्ग र स्थल मार्ग पनि अवरुद्ध छ। बिजुली अवरुद्ध हुनु र दुई देखि घाम नलाग्दा सोलार प्रणालीमा पनि चार्ज नहुँदा जुम्ला अँध्यारो छाएको छ।

नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार निरन्तरकाे हिमपातले जुम्लाको विभिन्न ठाउँमा बिजुलीका तार चुँडिएका छन्। पोल ढलेका छन्। यसले गर्दा जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो।

'मर्मत टिम फिल्डमै रहेका छन्, मर्मत कार्य पनि जारी छ। बिद्युत सेवाको प्रतिकुल समयमा थप महत्त्व हुने हुँदा हामी सचेत रहेका छौँ।'  उनले भने। 

यसको प्रत्यक्ष प्रभाव सबैभन्दा बढी गाउँबाट ट्युसन पढ्न बजारमा भाडामा बसेका विद्यार्थीलाई परेको छ। बिहान बेलुका ट्युसन पढ्न जान सकिने अवस्था छैन् ,राति बत्ती आउँदैन पढ्न असजिलो भएको छ। आजभोलि मोबाइल चार्ज गर्न पनि समस्या हुने गरेको छ।

प्रकाशित: ११ माघ २०७९ ०९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App