coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अझै रोकिएन पश्चिममा पराकम्प, केन्द्रबिन्दु बिच्छया सम्पर्कबाहिर

पश्चिम बाजुराको बिच्छ्या आसपासमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पकाे धक्का अझै रोकिएको छैन।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले सानातिना भूकम्पको पराकम्प गइरहेको नागरिक न्युजलाई जानकारी दिए।

उनका अनुसार बिहान करिब १० बजेतिर ३.७ म्याग्निच्युडको पराकम्प मापन गरिएको छ। आजको पराकम्पको केन्द्रविन्दु बाजुराको बिच्छ्या आसपास नै थियो। सोही ठाउँ केन्द्रविन्दु भएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

‘हिजो गएको भूकम्पपछिका पराकम्पको मापन हेर्दैछु कति गयो भन्ने गनेको छैन। सानो तिनो संख्यामा गईरहेकै छ।  डोटीको जस्तो ठुलो पराकम्प गएको छैन।’  भट्टराईले भने, ‘बस्ती माथि केन्द्रबिन्दु परेकोले क्षेति नपुगेको हो।’ अहिले सम्म ४ भन्दा माथिका ४ देखि ५ वटा पराकम्प मापन गरिएको उनले बताए।  

भूकम्पका कारण ढुङ्गा लागेर अन्दाजी ३५ वर्षकी जमुना रोकायाको घटना स्थलमै मृत्यु भएको थियो भने सोही पालिका १ अम्लिसमा भूकम्पकै कारण माथिबाट पहिरो खस्दा रामदल बोहोराका ४० बढी भेडा मरेको र एक जना घाइते भएका थिए।  

बडीमालीका नगरपालिकाका नगर प्रमुख अमर खड्काका अनुसार  क्षेतिको विवरण लिन टोली बनाएको छ।  

उनले भने, ‘अहिले सबै वडामा जनप्रतिनिध साथिहरुको टिम बनाएर क्षेतिको विवरण लिन खोजेका छौँ। क्षेति भएको घरपरिवारलाई राहात दिने तयारी गरिरहेका छौँ। ९ वटा वडामा वडा अध्यक्ष, वडासचिव, संयोजक, राजनितिक दल, प्राविधिकको टिम बनाएका हौँ। क्षेतिको विवरण भोलि सम्म लिने तयारी छ।’

खड्काले थपे, ‘विच्छयामा सम्पर्क हुन नसक्दा विवरण लिन गारो भइरहेको छ। प्रहरी पुगको छ उनीहरुले क्षेतिको विवरण लिदैँ छन्। हिमालि गाउँपालिका, गैमूल गाउँपालिका, बडिमालिका नगरपालिकामा बढी क्षेति भएको अन्य स्थानमा घर चरकेको छ। 

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लका अनुसार विच्छयामा रहेको सञ्चार टावर हिमपातका कारण खराबी भई सम्पर्क हुन सकेको छैन। 

‘२ वटा वडामा सम्पर्क हुन सकेको छैन। मेरो गाउँपालिकाका तिन वडामा तिन कर्मचारी गएका छन्। भोलि सम्म विवरण आउँछ। सबै वडामा कर्मचारी खटाएका छौ। विच्छयाको टावर बिग्रेको छ। त्यो टावर सोलारबाट चल्ने हो।’ मल्लले भने, ‘तिन दिन देखिको हिमपातले गर्दा टावरमा समस्या आएको हुन सक्छ। दिन भरी पनि परेको छ भूकम्प आइ नै रहेको छ। यसले गर्दा विवरण लिन जाने मान्छेलाई समेत विवरण लिन गारो भएको छ। सम्पर्क हुन नसक्नाले त्यहाँ केके क्षति भयो भनेर भन्न सकिँदैन। 

प्रकाशित: ११ माघ २०७९ ०९:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App