coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गुट्खा प्रतिबन्धमा कडाइ गर्दै सिद्धार्थनगर नगरपालिका

सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्र भित्र गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको विक्री वितरणमा रोक लगाएको छ।

नगरको कार्यपालिका बैठकबाट निर्णय गरी गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको विक्री वितरण नगर्न नगराउन नगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गरेको थियो।

समयावधि पश्चात् पनि नगर क्षेत्रमा गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थ विक्री वितरण नरोकिएपछि निर्णय कार्यान्वयनमा कडाइ गरिएको नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए।

‘सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रिन’ र ‘इको फ्रेन्डली सिटी’ बनाउनु हाम्रो उद्देश्य हो। ‘त्यसै अनरुप गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो’ नगरप्रमुख खानले भने।

निर्णय कार्यान्वयनको क्रममा नगरमा विक्री वितरण भइरहेको गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थ जफत गरी सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय, जनप्रतिनिधि समेत रोहवरमा नष्ट गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए।

गत पुषमा बसेको नगर कार्यपालिकाको बैठकले गुट्खा प्रकृतिका सुर्तीजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत प्रतिकुल असर परिरहेको निष्कर्ष निकाल्दै गुट्खा प्रकृतिका सुर्तीजन्य प्रदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

प्रकाशित: ११ माघ २०७९ ०८:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App