coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सय परिवारलाई सरकारी सिरक

सर्लाहीको ईश्वरपुर नगरपालिका–२ भक्तिपुरका अति विपन्न सय परिवारलाई सरकारी सिरक प्रदान गरिएको छ। जाडोले अत्यधिक प्रभावित अति विपन्न सय परिवारलाई फाइबर सिरक प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो। 

संघ तथा प्रदेश सरकारबाट जिल्ला विपद् व्यवस्थापन समितिलाई प्राप्त फाइबर सिरक चिसोबाट प्रभावित माझी, मुसहर, डोम, चमारसहित अन्य दलित र अति विपन्न परिवारलाई वितरण गरिएको सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी गराएका छन्। इलाका प्रहरी कार्यालय भक्तिपुरमा भएको न्यानो सिरक वितरण कार्यक्रममा सर्लाहीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार आचार्य, नगर उपप्रमुख रन्जितादेवि चौधरीलगायतको सहभागिता रहेको थियो।

प्रकाशित: ११ माघ २०७९ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App