coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चुमनुब्रीको पुङ्चे गुम्बामा आगलागी

चुमनुब्री गाउँपालिका २ को पुङ्चे गुम्बा

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका २ को पुङ्चे गुम्बामा मंगलवार दिउँसो आगलागी भएको छ। हिनाङ भन्ने ठाउँमा रहेको उक्त गुम्बा धेरै पुरानो रहेको स्थानीय बताउँछन्। उक्त गुम्बामा दिउसो तीन बजेतिर आगालागी भएको वडाअध्यक्ष मिङ्ग्यूर दोर्जे लामाले बताए।  

गुम्बामा संचार सुविधा नभएको र बस्तीबाट पनि टाढा रहेकाले त्यहाँको अवस्था थाहा पाउन नसकिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताए। ‘दुई÷तीन सय वर्ष पुरानो गुम्बामा आगलागी भएको खबर आएको छ’ उनले भने ‘सिमा प्रहरी चौकी नाम्रुङबाट प्रहरी जाँदैछन्, त्यहाँ जान चार घण्टा पैदल हिँड्नुपर्ने भएकाले प्रहरी नपुग्दा सम्म त्यहाँको अवस्था भन्न सकिएन।’

यो गुम्बा नुब्री क्षेत्रकै प्राचीनमध्यको एक मानिन्छ। माने घुम्न ल्हो, स्यो, ल्ही गाउँका ज्येष्ठ नागरिकहरु गुम्बामा आवासीय रुपमा बस्छन्। अरु धेरै भिक्षु पनि त्यहाँ बस्छन्। आगलागीबाट के क्षती भयो भन्ने यकिन बिवरण आएको छैन।

प्रकाशित: १० माघ २०७९ १४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App