१७ माघ २०७९ मंगलबार
समाज

आत्मदाहको प्रयास गरेका प्रेम आचार्यले सामाजिक सञ्जालमा पोखेका भावनाहरु

बानेश्वरमा प्रतिनिधिसभाको बैठक चलिरहेकै बेला इलामका प्रेम आचार्यले संसद भवन नजिकै आत्मदाहको प्रयास गरेका छन्। मंगलबार दिउँसो उनले संसद भवन अगाडी आत्मदाह प्रयास गरेका हुन्। उनको अहिले कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ।  

उनले आफूले आत्मदाह प्रयास गर्नु अघि आफ्नो सामाजिक सञ्जालमा आत्मदाह गर्नु पर्ने कारण खुलाएका छन्।  

उनले लेखेका लेख जस्ताको त्यस्तै साभारः 

म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको थिए। आज छत्तिसौ वसन्त पार गरि सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी हासिल गर्न नसकेको तितो सत्यलाइ ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खादा, ब्यपार गर्दा, बैदेसिक रोजगारमा जादा एबम उद्योग चलाउदा भोग्नु परेका समस्या र ती समस्याहरुबाट पाएको शून्य उपलब्धी आज सरसरती यो सामाजिक सन्जालमा लेख्ने अनुमती चाहान्छु। यो एक आत्मबृतान्त पनि हो र मेरो असफलताको कथा पनि हो।

म विद्यार्थी कालमै रहदा २०६७ मा ब्रेन ट्युमर भएर बुवा बित्नुभयो। बुवा बिरामी हुँदै गरेको अवस्थामा नै मेरो बिबाह भयो र बुवाको मृत्यु पस्चात म काठमाडौमा श्रीमती सगै रहेर विभिन्न प्राइभेट स्कुल एबम ठमेलका ट्राभल एजेन्सिमा काम गरेर गुजारा गर्न थाले । त्यस बेला हाम्री ठुली छोरीको जन्म भैसकेको थियो। पैतृक सम्पती बाट पाएको इलाम फिक्कल बजारको घरलाइ बेचेर काठमाडौमा नै घर बनाउने प्रयत्न गरियो र त्यै अनुसार भयो। बुढानिलकण्ठमा घर बनाइयो र ठमेलमा ट्राभल एजेन्सी खोली काम गर्न थालियो। राम्रो चल्यो ट्राभल सुरुमा तर बिस्तारै उधारो बजारले गाज्न थाल्यो। चिनियाँ नागरिक, गोराहरु र काठमाडौकै +२ कलेज हरु हाम्रा ग्राहक भए।

चिनियाँ पर्यटकहरुले कहिले कबोल गरेको पैसा नदिने, टेकिङ्ग लादा बिच बाटोमा पुगेपछी यहाँ यति उकालो छ भनेको थिइनस, यहाँ चिनियाँ खाना पाइन्दैन भनेको थिइनस आदि इत्यादी भन्दै निहु खोज्ने अनि पूरा पैसा कहिले नदिने। चिनियाँ पर्यटक छोडेर +२ का विद्यार्थीलाई आफ्नै जन्म जिल्ला इलाम लान थलियो दार्जिलिङ र सिक्किम समेत गरेर। इलाममा टि टुरिजम को अवधारणा ल्याउने म र मेरा साथी युवराज गौतम हुन भन्दा फरक नपर्ला। तर काठमाडौका +२ कलेज कहिले पूरा पैसा नदिने। ४-५ लाखको व्यापार (भ्रमण प्याकेज) लानुपर्ने हुदा ३ लाख जति एडभान्स   दिने, तेत्रो एडभान्स  पाएपछी व्यापार नगर्ने कुरै भएन, तत्पश्चात बाटो देखि नै निहु खोज्न थाल्ने, टुर  नै तिक्तता पुर्ण हुने। बाटोमा सबै भन्दा धेरै कम्प्लेन   खानामा आउने। ए हजुर हाम्रो देशमा बाटोमा खाना खराब छ, यो देशका सरकारले त्यस्तै खा भन्छ, कहिले सुधार हुदैन म के गरौं ।

अनि काठमाडौं आएपछी को कथा उहि। कलेजमा बाकी पैसा लिन जादा अनेक बाहाना बनाउने, घरी परिक्षा समयमा आउनुहोस फि उठछ अनि दिन्छौं, घरी एडमिसन टाइममा आउनुहोस दिन्छौं भन्ने तर पैसा नदिने। क्याथफोर्ड कलेज बालकुमारिले दादागिरि सैलिमै १,७५,०००/- दिएन, सान इन्टरनेशनल कलेज नक्सालले ९०,०००/- दिएन। यी त मुस्ठ हुन खुद्रा खुद्री कति दिएनन दिएनन। ठमेलमा कार्यालय भाडा दिनुपरिहाल्यो, कर्मचारिलाइ तलब दिनुपरिहाल्यो अनि सुरु भयो ऋण को सिलसिला। यो देश उधारो बजारले सबैभन्दा धेरै बिग्रेको रहेछ भन्ने त्यहिबाट थाहा भयो। बजारमा जताततै लुटेरा मात्र रहेछन् ।

ट्राभल चलाउने क्रममा १-२ जना गोरा हरुलाइ पोखरा, घान्द्रुक, काठमाडौं उपत्यका, नगरकोटआदि गन्तब्यमा लानु पर्ने हुदा भाडाका गाडी लानुपर्ने, महगो पर्ने भएकाले आफ्नै गाडी किनौ भन्ने लागेर सुजुकी इर्टिगा गाडी लिने जमर्को गरियो। एनआईसी एशिया बैंक ले वित्त गर्दिने भयो। ६ लाख कम भुक्तानी गरेर अरु किस्ता तिर्ने गरि गाडी निकालियो। डाउन पेमेन्ट  मध्ये ४ लाख जम्मा गरियो २ लाख शोरूम ले भनेको समयमा दिन सकिएन, २ महिना समय मागे दिएन अनि गाडी फिर्ता लग्यो। सुजुकी शोरूम थापाथली ले मेरो ४ लाख खायो फिर्ता दिएन। यहाँ नहुनेलाइ र केही गर्न खोज्नेलाइ नै लुट्दा रहेछन् । हुदा हुदा ट्राभल्स बाट यति घाटा हुन थल्यो कि थाम्नै सकिएन। गोरा आउनै छाडे, चिनियाँ पर्यटक पैसै नदिने, +2 कलेजहरु पनि पैसै नदिने, भारतिय पर्यटक हरु खर्च नै नगर्ने फाइदै नहुने। ट्राभल बेचेर बिदेश जाने जमर्को गरियो। त्यस्बेलासम्म काठमाडौको घर, जग्गा सम्पती सबै सकियो र उल्टो ऋण लाग्यो।

बिदेश जाने भनी जमर्को गर्दा झण्डै १ बर्ष लाग्यो र त्यो समय पनि ऋण मै परिवार चलाइयो। जसोतसो बाहिर गैयो कतार। कार्यालय सहायक मा अन्तर्बार्ता पास गरेर गएको, आफ्नै दक्षता ले ६ महिनामै बिक्री र मार्केटिङ प्रबन्धक भैयो। ५,०००/- कतारी रियाल तलब थियो, खाने बस्ने गाडी ईन्टरनेट सबै कम्पनिले दिने के चाहियो अरु? २०१४ देखि २०१७ सम्म कतार बसि सबै ऋण तिरी थोरै पैसा बचाएर देश फर्किए।

श्रीमति र आफन्तको सल्लाह र आफ्नै इच्छा बमोजिम जन्म थलो इलाम घर गएर सूर्योदय एग्रो इन्डस्ट्रिज एण्ड फार्म हाउस प्रा. लिमिटेड - इलाम एग्रो मार्ट नामक उद्योग खोलियो, सुर्योदय-११, केराबारी, इलाममा। गल्ती यहि गरिएछ। मैले सोचे पैसालाइ जग्गामा फ्रिज गर्ने होइन चलायमान बनाउने, उद्योग खोल्ने, पैसा कमाउने र सबैको उदाहरण बन्ने। बचेको पैसाले जग्गा किनेको भए यतिखेर ५ डबल हुने थिएछ।

मैले कतार बस्दा इज्राएल, अस्ट्रेलिया, नर्वे, आदि देशबाट आएको ताजा फल्फुल, तरकारी, मासु, एबम विविध धेरै खाए देखे । हाम्रो देशमा पनि एस्तै गरि सुरक्षित प्याकिङ गरेर मौलिक खानेकुराहरु बजारमा बेच्न सकिएला भन्ने आट आएर त्यही गर्न थालियो। इलाम घ्यु, इलाम गुन्द्रुक, इलाम अकबरे अचार, तामाको अचार आदि उत्पादनहरु बनाइ बेच्न थालियो। सुरुमा गाडी भाडामा लिएर झापाको बिर्तामोड, दमक, इटहरी, धरान, बिराट्नगर सम्म साना ठुला किराना पसल देखि गोरखा डिपार्टमेन्ट, बराहा डिपार्टमेन्ट, किनमेल डिपार्टमेन्ट, सतासी डिपार्टमेन्ट, एन्एमसी सहकारी पसल जस्ता ठुला मार्ट सबैलाइ सामान बेचियो।

यति हत्तु भैयो कि पैसा कहिले समयमा पाइएन बजारबाट। सबैलाइ उधारोमा सामान बेच्नुपर्ने। र पनि हाम फाली हालियो फुत्कन सकिएन नाफा त के झन ऋण बड्न थाल्यो उधारो बजारले। कच्चा पदार्थ,कारखाना सञ्चालन लागत, कर, श्रम / कर्मचारी तलब आदि सबै नगदमा किन्नुपर्ने/खर्च गर्नुपर्ने तर बजारलाइ उधारोमा सामान दिनुपर्ने त्यो पनि बाह्र बखडा लगाएर। जम्मै ३०-३५% नाफा देखिने कागजमा तर बजारमा सामान फस्ने हुदा, ६ महिनामा मात्र बल्ल तल्ल पैसा उठ्ने, केही % ब्याड ऋण हुने। यता कारखाना, कच्चा पदार्थ, ज्याला र तलब नगदमा खर्च गर्नुपर्दा, र बैंकले पनि ऋण बन्द गरेको कारणले ब्यक्तिगत ऋण ३६% सम्म ब्याज तिरियो।

अनि नाफा सक्किवरी उल्टो घाटा हुने। घाट पुर्ती गर्न लागेको ऋण र ब्याज तिर्दा तिर्दा डबल-तेब्बर घाटा हुने। एउटा ऋणको ब्याज तिर्न अर्को ऋण लाग्ने।अनि केही पसलहरुले सामान बेच्न नसक्ने अनि अन्त्यमा एक्सपाएर  भयो सामान भन्दै फिर्ता दिने। पसलले/खुद्रा विक्रेताहरुले केही जोखिमनै नलिने। आफुले नगद लगानी गरेको उत्पादनहरु बजारमा उधारो बेच्दा त्यो लगानिको ब्याज, र त्यो ब्याज तिर्न नया ऋण, अनि नया पुरानो ऋण/ब्याज तिर्न फेरि नया ऋण। घर खर्च चलाउनै पर्यो, नानिहरुको शिक्षा र लालन पोसण गर्नै पर्यो। अनि सकिँदैन त सबै सम्पत्ति? त्यो काम फट्ट छोडौ के गर्नु अन्य? लगानी फसेको छ, नछोडै पार लाग्ने उपाय नै छैन। फेरि हाम्रो समाज यति अर्काको चासो गर्ने कि नयाँ काम थाल्दा उ फेरि गरिराखेको काम छोड्यो, यो मान्छे थिर छैन, काम फेरेको फेरै गर्छ यसले केही गर्दैन जिवनमा आदि इत्यादी भनी जता गये पनि लाल्छना र उपदेश सुनिरहनु पर्ने।

सयौं पटक आत्महत्या गर्ने प्रयास गरे सकिन। आफैले चलाएको गाडी दुर्घटना गराउने प्रयास गरे भएन। श्रीमती छोराछोरी को माया र कर्तब्य ले मर्न सकिन। फोन कल यति सामना गरेकि फोनोफोबिया नै भयो। कहिलेकाही फोन नेट्वोर्क नआउने ठाउँमा पुग्दा मन आनन्दित हुने। २-३ बर्ष देखि नै डिप्रेसनमा थिए कसैले बुझेन। म डिप्रेसनमा छु भन्दा उल्टै गाली खाइयो। लड्दै पड्दै बाचियो।

छरिएको खुद्रा बिक्रीले पार नलाग्ने देखिएर डिलरशिपमा जाने निर्णय गरियो। फेरि सरकारले यति सास्ती दिन थाल्यो कि, सामान लिएर धरान बिराट्नगर जान नपाइने भैयो।कारखानाले प्रत्यक्ष खुद्रा बिक्री गर्न नपाइने रे! अनि भिसिटिएस स्सिटम  रे। अडिट वा कतैपनी रेकर्डमा नाआउने भिसिटिएस के लागू गरिराखेको? बाटोमा प्रहरिलाइ घुस उठाउने मेलो मात्र। यदि भिसिटिएस छैन भने ५,०००/- सम्म तिरेको छु प्रहरिलाइ। इलामको सब्जी काठमाडौ बेच्न लिएर आउदा पनि भिसिटिएस रे! अनि बाटोमा चेकिङ मा बसेका प्रहरिलाइ सब्जी बाड्दै आउनुपर्ने नदिए आफै गाडिमा चडेर झिक्ने। कति लुट्छौ हो?जता ततै लुट्ने मात्र। भाडाका गाडिले पनि लुट्ने, प्रहरिले पनि लुट्ने, सरकारले पनि करको नाममा लुट्ने, बजारका रिटेलर ले पनि लुट्ने। अनि जग्गा जमिन नबेचेर के गर्नु त?

कृषि जन्य बस्तुको कारोबार गरेको हुनाले प्रदेश १ सरकार कृषि तथा भुमी ब्यवस्था मन्त्रालयले खुलाउने अनुदान कार्यक्रम ४ पटक अनुदान पाउ भनी निबेदन दिइयो, सर्टलिस्ट  मा परिन्थियो नै। अनुगमन गर्न आउदा तपाइको सोच राम्रो रहेछ, काम पनि राम्रो रहेछ, यस्तो मौलिक बस्तुको बजारीकरण गरिरहनुभएको रहेछ, पक्का पाउनुहुन्छ अनुदान भन्ने अनि रिज्लट आउने बेला कहिले मेरो कम्पनिको नाम नहुने। म इलाम सुर्योदय नगरपालिका -११ बासी मेरो कारखानापनि त्यहीँ । मेरा वडाका तत्कालिन वडा अध्यक्ष टेक बाहादुर राई ज्युको साङ्पाङ डेरि ले ३ लाख र १० लाख गरि दुई बर्ष लगातार अनुदान खाए र तेस्रो बर्ष उन्कै साङ्पाङ बङुर फार्म ले २५ लाख अनुदान खायो। मेरै आँखा अगाडी इलामकै मैनाली जि को साङृला टि स्टेट ले पूर्वाधार विकास, अर्ग्यानिक प्रमाणीकरण र गाडी गरि एकै बर्ष एकै उद्योग एकै सरकारबाट २०-२५ लाख अनुदान खायो। हामी चिल्लै। अनि बल्ल थाहा भयो अनुदान लिनलाइ कि जनप्रतिनिधी, कि पार्टीको झोले कि त अनुदान दिने निकायका कर्मचारीलाई घुस दिनुपर्ने रहेछ। सच्चा कर्मनिण्ठ भएर नहुने रहेछ।

बिक्रेता र ठुला मार्टमा समान दिनुपर्दा बार्शिक कारोबार ५० लाख नाघ्ने अनि उनिहरुले पनि भ्याट बिलनै खोज्ने भएकाले भ्याट मा जानुपर्ने बाध्यता भयो र गैयो। अनि सुरु भयो अर्को दसा। फेरि हाम्रो देशको कर प्रणाली सारै अप्ठ्यारो । ब्यापार घाटामा छ, घाटा देखाउ बैंक ले लोन  नदिने, नाफा देखाउदा प्राली कम्पनिले बार्सिक नाफाको २५% कर तिर्नुपर्ने। खर्च देखाउन आफुले, श्रीमतिले तलब खाको देखाउदा १% टिडिएस  तिर्नुपर्ने फेरि बार्शिक ४ लाख ५० हजार नाघेमा करको दर बड्ने। महिनैपिच्छे १० लाख कारोबार भएमा १३% भ्याट  अर्थात १ लाख ३० हजार महिनाकै सरकारलाइ बुझाउनु पर्ने, त्यो बिलम्ब भएमा २५% ब्याज तिर्नुपर्ने। बर्षमा एक पटक कम्पनी रजिस्ट्रार मा, घरेलुमा, नगरपालिकामा कम्पनी रिनिउ शुल्क बुझाउनु पर्ने, तेहेरो कर। अनि बार्शिक अडिट शुल्क आदि। कसरी थाम्छ एउटा गाउमा रहेको कम्पनिले यी सबै शुल्क र भार?

रसिया मा उद्योग/ब्यापार गरि अरबपती भएका डा. उपेन्द्र महतो एबम डा. समता प्रसादले नेपालमा चलाउनु भएको नेपाल ग्रामोध्योग भन्ने कम्पनिलाइ प्रकृति ब्राण्ड मा घ्यु बनाएर दिए। सुरु सुरुमा राम्रो पेमेन्ट गरे एडभान्स पनि दिए। हुँदै गएपछी पैसा नदिने, मेरो सिको गरेर आफै घ्यु बनाउने अनि बिगार्ने अनि तपाइको घ्यु म्याद समाप्त भयो भन्दै फिर्ता लैजा भन्ने। बेच्नै सक्दैनौ भने ९ महिना सम्म तिम्रो गोदाममा राख्न एउटा निम्न स्तरको उद्यमिलाइ लुट्न किन कम्पनी खोलेको नेपाल आएर? नेपाल ग्रामोध्योग लाई म चुनौती दिन्छु। मेरो जति पैसा खाको छौ तुरुन्त फिर्ता गर अनि तिम्रो असफलता ले भयेको सामानको म्याद समाप्त र क्षति को तिमी नै जोखिम लेउ।

अर्को चुनौती मलाइ सामान फिर्ता गरे भन्दै डेभिड नोट  बाट काट्छ, तिम्रो एसी डिपाटमेन्ट , पुष्टि गर मलाई समान प्राप्त हुन्छ, मेरो कम्पनीको छाप वा मेरो सहि देखाउ तिम्रो बिल फिर्ता मा। समान तिमिहरू गोदाममै म्याद समाप्त भयो भने वा घट्दो बजारबाट फिर्ता आयो डेबिट नोट काटिहाल र मेरो पैसाबाट त्यस्को मूल्य? तिमिहरु सब लुटेरा हो। आफ्नो कारखाना केही पनि छैन, बजारमा प्रकृति ब्राण्डका जतिपनी खाद्य बस्तु बेच्न छौ, ती सबै अर्कैले बनाइद हुन सक्छ। म जस्तै साना साना कम्पनी लुटेका हौ। मार्जिन तिमिलाइ नै भनेको हु थाहा, एमआरपी  पनि तिमिलाइ नै भने थाहा हुन्छ, यो काहाको न्याय हो?

भाट्भटेनिका मीन बहादुर गुरुङ जि। तपाइलाइ ३०% मार्जिन  दिनुपर्ने? अनि साना ठुला उत्पादक/आपूर्तिकर्ता ले तिम्रो मार्ट भरिदिनुपर्ने उधारोमा? अनि क्नट्रयाक  मा १ महिना भित्र पैसा दिन्छौ भन्ने? ३ महिनामा पनि सामानको पैसा नदिने? मलाइ यति झुलायौ कि ३ महिना पछि नाम नमिलाइकन बिराटनगर चेक पठायौ, इलाम देखि बिराटनगर सम्म एउटा चेक लिन गए तर नाम नमिलेको अनि त्यो चेक सच्याउन काठमाडौ बोलायौ र एक हप्ता पर्खाएर बल्ल चेक सच्यायौ। म इलाम देखि बिराट्नगर, काठमाडौ कुद्दा कुद्दै तिमिलाइ दिएको सामानबाट हुने नाफा घाटामा परिणत भयो। त्यै भएर भाट्भटेनी लाई सामान दिन छोडे मैले। तिमिहरु लुट्ने मात्र हौ। तिमिलाइ थाहा छ सामान उत्पादन गर्न कति दु:ख छ।

बिग मार्ट को ३२ एक शाखा थियो काठमाडौमा मेरो सामान बेच्दा। बिक्री अनुसार भुक्तानी सर्त राखेउ, सामान दिन थालियोमा महिना ५-७ लाखको सामान अर्डर गर्थेउ पैसा दिने ७५,०००/- डेड लाख मात्र दिन्थेउ। कुनै महिनाको बिलिङ भयो भने त्यो महिनाको भुक्तानी नै दिनथेनौ। यो कहाँ को न्याय हो? मैले थाम्न नसकेर तिमिलाइ सामान दिन छाडे, सबै शाखाहरूमा गएर सामान उठाउ भने, सामान उठाए, अन्तमा मेरो तिमिले पैसा भन्दा कम आधा कम मात्रै तिम्रो शाखा थियो। बिक्री भुक्तानी सर्तहरू अनुसार राखेर किन पैसा दिएनौ? सामान त बेचिसकेका चलौ। सबै शाखाबाट सामान उठेर फेरि कारखाना मा लाडा तिमिसगडी ब्यपार पनि घाटामा गयो। किन लुटेउ मलाइ यसरी? सामान त उपयुक्त थियो तिमी नै भन्थेउ। नेपाल सरकार खाद्य बिभाग सबैतिरबाट लाइसेन्स प्राप्त मेरो उत्पादन थियो।

पवन गोल्या नको गोल्यान एग्रो ले ११० कार्टुन घ्यु अर्डर, अपलोडर काठमाडौ ल्यापछी अर्डर रद्द गर्दियो आज हाम्रो मार्केट डिमाण्ड छैन। मार्केटको सम्भाव्यता अध्ययन नगरिकन किन सामानहरू लगायौ त? तिमिलाइ लाज लाग्न सक्छ? तिमिले मलाई अर्को कुरा पनि भन्नुभयो कि तपाइँ शीर्षल्लो कर्मचारीले प्रस्तुतमा सामान लिन मानेन रे! तपाईंको चेन अफ कमाण्ड मै त्रुटि थियो भने मलाई किन सामान लगर काठमाडौ मगायौ? मलाइ कटाटला इलामबाट काठमाडौ र फेरि काठमाडौबाट इलाम सामान उडाल्या लैजादा? तिम्रो माटो ब्राण्ड पनि लुटनैलाइ खोलेका हौ कटु लुटछौ।

प्रकाशित: १० माघ २०७९ १९:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App