८ वैशाख २०८१ शनिबार
समाज

नगरपालिकाले सर-सफाइमा ध्यान नदिएपछि स्थानीयवासी आफैले गरे सफाइ

सरस्वती पूजाको अवसरमा रौतहटको गरुडा नगरपालिका ५ ठेठरहियामा भव्य सर सफाइ गरिएको छ। वडा कार्यालय र नगरपालिकाले सर-सफाइमा ध्यान नदिएपछि स्थानीयवासीको आग्रहमा गरुडा ४ का सन्तोष साहको अगुवाइमा बृहद सरसफाइ गरिएको हो।

गाउँको नजिकै जिल्लाकै सबैभन्दा ठुलो श्री पञ्चमी मेला लाग्ने र बोल बम कामरनाथुले गाउँ टोल भरिनुका साथै सरस्वती पूजा पनि हुने भएकोले दुवैको अवसर पारेर गाउँमा सर-सफाइ गरिएको हो।

युवा व्यवसायी साहको अगुवाइमा ठेठरहियाका सबै पार्टी प्रतिनिधि, सामाजिक अगुवा तथा सबै वर्गको सहभागितामा सडकको सम्पूर्ण सफाइ गरिएको छ। करिब साढे दुई सय जना स्थानीयले सडकमा राखेका सामानहरू हटाउनुका साथै सडकमा बाँधिने पशुलाई पनि हटाएका छन्।

सडकलाई सार्वजनिक प्रयोगका दृष्टिले उपयुक्त बनाउन सफाइ निकै फलदायी भएको स्थानीय समाजसेवी प्रेमलाल साह कानुले जानकारी दिएका छन्।

आफूले समाजसेवामा नयाँ दृष्टान्त प्रस्तुत गर्न खोजेको युवा व्यवसायी सन्तोष साहको भनाइ छ। अन्य गाउँमा पनि सफाइ अभियान संचालन गरिने तथा समाजसेवाका अन्य क्षेत्रमा पनि दृढतापूर्वक लाग्ने साहको दाबी छ।

प्रकाशित: १० माघ २०७९ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App