coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भूकम्पले बाजुरामा ४ वटा घर र मन्दिर भत्कियो

पश्चिम बाजुराको मेला आसपासमा केन्द्रबिन्दु बनाएर गएको भूकम्प  ४ वटा घर र एउटा मन्दिर भत्किएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्पले घर भत्काएको डिएसपी सुर्य थापाले नागरिक न्युजलाई बताए।  

उनका अनुसार बाजुराको बडिमालिका नगरपालिकाको वडा नं–७ मा २ वटा घर र वडा नं-९ मा २ वटा घर भत्केको हो।  उनका अनुसार मानवीय क्षति भएको छैन। 

साथै मन्दिर भत्किएको नागरिक न्युजका संवाददाता दिलबहादुर छत्यालले बताए।  

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अशोक सिङले बाजुरा र बझाङ्गमा केही घर चर्केर क्षती भएपनी मानबिय क्षती नभएको बताएका छ्न । बाजुरामा एक घर भत्केपनि मानबिय क्षती भएको छैन ।

प्रकाशित: १० माघ २०७९ १०:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App