coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पश्चिम केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प

पश्चिम बाजुराको मेला आसपासमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख मोनिका दाहालले नागरिक न्युजलाई बताइन।  

दाहालका अनुसार भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशमा समेत महशुस गरिएको छ। साथै सीमा क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएकाे छ। 

जिल्ला प्रशासन कार्यालय बाजुराका विपद् सम्पर्क व्यक्ति नैन रावलले भूकम्पको धक्काका ठूलै महशुस भएको बताए।  

उनले भने,  ठूलै झ्टका महशुस भएको छ। अहिले यहाँ मोवाइल नेर्टवक दिएको छैन। आउने जाने भई रहेको छ। यसले गर्दा हामिले उद्धारको लागि प्रहरी परिचालन गर्न सकेका छैनै। साथै क्षतिको कुनै विवरण आएको छैन।’   

प्रकाशित: १० माघ २०७९ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App